चरम गरिबीको असर : बुबाले आत्महत्या गरे, छ जनाको विचल्ली (भिडियो)

????????????????????????????????????

दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले दुईबर्ष अगाडी गाउँ नजिक रहेको सामुदायिक बनको एउटा रुखमा तुर्लुङ झुन्डिएर आत्महत्या गरे । चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले सुटुक्क घरबाट निस्किएर आत्महत्या गरेपछि श्रीमति सहित पाँच छोराछोरीको विचल्ली भएको छ ।

शाररीक तथा मानसिक रुपमै अशक्त जस्तै देखिने श्रीमति डल्ली राम्जाली र उनका आफन्तले जंगलमा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा कल्पनै नगरेको दृश्य देखेपछि अमबहादुरको दाहसंस्कार गरेकै दिनदेखी परिवारले कष्टपूर्ण जीवन विताइरहेका छन् ।गरिबीका कारण भोकै सुत्नुपर्ने अवस्थाले छोराछोरीको अनुहारमा देखिएको पीडाबाट उम्किन अमबहादुरले संसार छोडेपछि राम्जालीको परिवारमा नजिकै रहेको अग्लो पहाड खसेर थिचेजस्तै भएको छ ।

छिमेकीको घरमा बस्दै आएकी डल्लीले पाँच छोराछोरीलाई विहान–बेलुकी हातमुख जोड्न, शैक्षिक साम्रागी सहित आवश्यक खर्च जुटाउन नसक्ने अवस्थामा स्थानीय र आफन्तको सहयोगमा मृतक राम्जालीका छोराछोरीले गाउँकै विद्यालय पढ्ने गरेका छन् । विदा र फुर्सदको समयमा गाउँमा काम गरेर संकलन गरेको आर्थिकले समेत घरखर्च र शैक्षिक साम्रागी खरिद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत कुशुम राम्जालीको भनाई छ ।

छिमेकी र आफन्तलाई मोगर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौं रात भोकै सुत्नुपरेको राम्जाली परिवारको भनाई छ ।जन्मदिने बुबाले आत्महत्या गरेपछि एकबर्षसम्म सपना जस्तै लागेपनि घरमा चुल्हो बल्न छोडेपछि यथार्थ भएको महसुस गरेसँगै मागेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यताले जेठी छोरी कुमारी राम्जालीले एसईई उत्र्तिणा गरेपछि पढाई छोडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छिन् ।

भाईबहिनीको पढाईलाई निरन्तरता दिन खेतीपातीमा काम गर्ने तथा गाउँमा आवश्यक परेमा अन्य विभिन्न काममा जाने गरेको वडा सदस्य मनकुमार गर्बुजाले बताए ।कुमारी पढाईमा समेत अब्बल भएपनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेको भाईबहिनीलाई हेर्ने गरेको स्थानीयको भनाई छ ।

घरकी जेठी छोरी कुमारीको ज्यालामजदुरीबाट कुशुमले कक्षा १०,कुमारले कक्षा ८, करिना कक्षा ४ र काजल कक्षा ४ मा अध्ययरत छन् ।करिना र काजल जुम्ल्या हुन् ।विपन्न भएपनि पढाईमा प्रयाप्त वातावरण भएमा राम्रो सम्भावना रहेको विद्यालयका प्रधानध्यापक शेरबहादुर गर्बुजाले बताए । माध्यामिक तहपछिको उच्च शिक्षाको बाटो नै बन्द भएजस्तो अवस्थामा रहेका बालबालिकालाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक साम्रागी सहित उच्च शिक्षाका लागि दानवीरको आवश्यकता रहेको छ ।

एसईईपछिको पढाईको चाहना
बुबाको मृत्युपछि एसइई दिएर पनि उ्रच्च शिक्षाबाट बन्चित भएकी दिदीको जस्तै अवस्था आफ्नो हुनेमा कुशुम चिन्तित छन्।विद्यालयमा लगनशील, मिहनेती तथा अनुशासित छात्राका रुपमा रहेकी कुशुमले उच्च शिक्षासम्मको बाटो नै बन्द भएको बताईन् ।‘पढेर ठूलो मान्छे बन्ने चाहना छ,‘विदाको समयमा अध्ययन खर्च जुटाउँन ज्यालामजदुरी गर्न तयार छु’ उनले भनिन्।

????????????????????????????????????

अहिले पनि बिहान–बेलुकी काम गर्ने र विदाको समयमा दिदीसँगै छिमेकीको खेतबारीमा काम गर्न जाने गरेकी कुशुमले आफ्नो र भाईबहिनीको पढाईको निरन्तरताको चिन्ता गर्ने गरेको विद्यालयका शिक्षकको भनाई छ । ‘दिदीको कमाईले चारजनाको पठनपाठनका लागि र घर खर्च चलाउन नपुग्ने भएकाले पनि कक्षा ११ मा पढ्न जाने सम्भावना नभएको भन्दै पटक–पटक सहयोगको अनुरोध गरिन् । उ्च्च शिक्षापछि क्षमताका आधारमा जागीर खाएर घरखर्च धान्ने प्रमुख लक्ष्य रहेको उनल बताईन् ।आर्थिक अभावले गाउँबाटै शिक्षाको यात्रालाई अन्त्य गर्नुपर्ने भएकाले पनि कमाईको केही रकम बचत गरेर भएपनि पढाउने दिदीको चाहना रहेको उनले बताईन् ।