अन्नपूर्ण गाउँपालिका अध्यक्ष गर्बूजाले तलबभत्ता विद्यालयलाई सहयोग

अन्नपूर्ण गाउँपालिका–७ हिस्तान रिमामा रहेको आदर्श माविलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाले सरकारी तलबभत्ताबाट प्राप्त सुविधा सहयोग गरेका छन् । मंगलबार विद्यालयमा आयोजित अभिभावक भेला, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्षको हैसियतमा सरकारले उपलब्ध गराउने गरेका तलबभत्ताबाट विद्यालयलाई ५० हजार सहयोग गरेका हुन् ।

अध्यक्ष गर्बुजाका स्वकिय सचिव सुरेन गुरुङले ब्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गर्बुजालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा समाजसेवी कर्ण सिं पूर्जा, भुपु ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर पुन, औल टोल सुधार समितिका अध्यक्ष कुम बहादुर गर्बुजा लगाएतले गाउँपालिका अध्यक्षले प्रतिबद्धता जनाए अनुसार सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । सोही अवसरमा शिक्षक मन्तब्य प्रधनध्यापक कुमार गर्बुजा, वडा सदस्य तथा अनुगमन समिितका सदस्य टीका घतानेले मन्तब्य राखेका थिए ।

कार्यक्रममा १ देखि १० कक्षासम्म उत्र्तिणा विद्यार्थीलाई पुरस्कार वितरण, छात्रबृत्ति वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गर्बुजाको अध्यक्षता बलराम रन्तिजाको स्वागत र सिर्जना पाईजाको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच गाउँपालिका अध्यक्ष गर्बुजाका स्वकीय सचिव गुरुङले कार्यकाल अवधिमा एसईईमा गाउँपालिका भित्र सर्वोत्कृट नजिता ल्याउने छात्र र छात्रालाई क्रमश ५० हजार नगद समेत दिने घोषणा समेत जानकारी दिए ।

‘उहाँले तलबभत्तालाई शैक्षिक क्षेत्रमै खर्च गर्नुभएको छ,‘सरकारी सुविधाको एक पैसा पनि प्रयोग गर्नुहुदैन’ स्वकिय सचिव गुरुङले बेनीअनलाइनलाई भने । उनले गाउँपालिकाबाट एसईई दिएर उच्च शिक्षा, विपन्न तथा विकास निर्माणका क्षेत्रमा तलब, बैठक तथा अनुगमन भत्ताबाट प्राप्त सहयोगलाई खर्च गर्ने गरेको बताए । अध्यक्ष गर्बुजाले सुविधालाई पोखरेबगरको गरिमा विकास बैंकमा खाता खोलेर जम्मा गर्ने गरेका छन् ।