म्याग्दी कारागारमा विभिन्न शीर्षकमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार कैदीबन्दीलाई लक्षित गरेर क्षयरोगसम्बन्धी माइक्रोस्कोपिक क्याम्प र मानसिक स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको हो ।

कारागारमा रहेर बन्दी जीवन बिताउँदै आइरहेका सबै कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शिविरमा क्षयरोग, सुगर, प्रेसर र साधारण रोगको परीक्षण गरिएको थियो ।

शिविरको अवसरमा करिब १ सयजना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला कारागार कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।शिविरमा सहभागी सबै कैदीबन्दीहरुको सुगर समेत चेकजाँच गरिएको थियो । कतिपय बिरामीहरुलाई भने फ्लोअपका लागि बोलाइएको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका मेडिकल अधिकृत डाक्टर रविकान्त झाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रवाह गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मन्तव्य राखेका थिएभने प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीको उपस्थिति रहेको थियो । हाल जिल्ला कारागार कार्यालय म्याग्दीमा ८५ जना पुरुष र ६ जना महिला कैदीबन्दीहरु रहेका छन् । जम्मा ३२ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन्।

Leave a Reply