म्याग्दीका यूवा पोखरामा मृत भेटिए

पोखराको पृथ्वीनारायण क्याम्पसका स्नातक तहको ब्यवस्थापन संकायमा अध्ययरत म्याग्दीका एक यूवा मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका २० भलाम स्थित काली खोलाको झोलुङ्गे पुल मुनी खोलाको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्लाको मंगला गाउँपालिका वडा नं ३ घर भई स्नातक तह तेस्रो बर्षमा अध्ययरत पोखरा महानगरपालिका १ बगर बस्ने वर्ष २२ को विरेन्द्र सापकोटा रहेको पोखरा प्रहरीले जनाएको छ ।  घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक सापकोटाको शव सोमबार साँझ बेनी ल्याएर कालिगण्डकी नदीमा अन्तेष्टि गरिएको छ । मृतकका साथीहरूका अनुसार स्नातक तह प्रथम बर्षको परिक्षामा एउटा विषयमा अनुत्तिर्णा भएपछि सापकोटा चिन्नित थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । file photo