म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन,विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन गर्न बर्षेनी ५० हजारभन्दा धेरै पर्यटक पुग्ने गर्दछन् ।

विश्वको प्रख्यात पर्यटक गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० वटा पर्यटकीय गन्तब्यमा तीनबर्ष अगाडी समावेश भएपछि आन्तरिक पर्यटकको समेत चाप बढेको छ । विश्वको उत्कृष्ट गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत पुनहिल एक सुन्दर गन्तब्य हो । तस्वीर सौजन्य तारामिलन छन्त्याल

Leave a Reply