भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?
-मूल सर्वास्तित विनय

2) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले पालना गर्नुपर्ने नियमहरु कति छन् ?
-२३१

3) नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो ?
-बौद्धनाथ

4) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ?
-पाली भाषा

5) मुक्तिनाथ देवतालाई कुन कुन धर्मावलम्बीहरुले पूजा गर्छन ?
-हिन्दु र बौद्ध

6) स्वयम्भूका निर्मल शान्त दुई आँखाले के के जनाउँदछन् ?
-करुणा र स्वज्ञान

7)बौद्ध धर्मका पाँच शीलहरु
-बैद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन निषेध र मद्यनिषेध हुन् जसअनुसार झुटो कु्रा कहिल्यै नबोल्नु, हिंसा कहिल्यै नगर्नु, चोरी कहिल्यै नगर्नु, ब्रह्मचार्यमा रहनु तथा मद्यपान नगर्नु रहेका छन्।

8) गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि सर्वप्रथम उपदेश दिएको ठाउँ कुन हो ?
-सारनाथ

9) गौतम बुद्धको सारथिको नाम छन्दक हो भने घोडाको नाम के हो ?
-कन्थक

10) गौतम बुद्ध बस्ने कुटिलाई के भनिन्छ ?
-गन्धकुटि

11) बौद्ध धर्ममा धनकी देवी कसलाई भनिन्छ ?
-यशोधरा

12) भगवान बुद्धको मावली कहाँ हो ?
-रामग्राम

13) बुद्धलाई मार्न खोज्ने भिक्षु को थिए ?
-देवदत्त

14) गौतम बुद्धको निधनलाई के भनिन्छ ?
-महापरिनिर्वाण

15) बौद्ध धर्मको प्रमुख धार्मिक ग्रन्थ कुन हो ?
-त्रिपिटक

16) त्रिपिटक अन्तर्गत के के पर्दछन् ?
-सुक्ति, विनय, अभिधम्म

17) पुष्करिणी र सिद्धार्थ पोखरी कहाँ रहेका छन् ?
-लुम्बिनी

18) बुद्धका पहिलो शिष्य को थिए ?
-कौडिण्य

19) हिन्दु र बौद्ध धर्ममा चली आएको आध्यात्मिक बाजा कुन हो ?
-घण्ट

20) हिन्दु र बौद्ध धर्मका साझा देवता कसलाई मानिन्छ ?
-शिव

21) गौतम बुद्ध कुन वंशका थिए ?
-शाक्य

22) गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँलाई के भनिन्छ ?
-बोधगया

23) स्वयम्भूनाथको उत्पत्ति केबाट भएको थियो ?
-कमलको फूल

24) बौद्धमार्गीहरुको शास्त्रिय नाचलाई के भनिन्छ ?
-चर्या नाच

25) बुद्ध धर्मको पवित्र धार्मिक ग्रन्थ त्रिपिटकअन्तर्गत के के कुराहरु पर्दछन् ?
– विनय पिटक (बाद्ध भिक्षु एवं भिइाुणीहरुले पालना गर्नुपर्ने नियमहरु संग्रहित),
– शुक्ति पिटक (बुद्धले विभिन्न समयमा दिएका उपदेशहरु संग्रहित),
– अभिधम्म पिटक (बौद्ध दर्शनका कुराहरु)

26) बौद्ध धर्मावलम्बीहरुको धार्मिक स्थललाई के भनिन्छ ?
-विहार, मठ वा स्तूप

27) बौद्ध तीर्थस्थलहरु मध्ये स्वर्णशिला थाइल्याण्डमा, ताम्रशिला श्रीलंकामा, विक्रमशिला भारतमा पर्छ भने तक्षशिला कहाँ पर्छ ?
-पाकिस्तान

28) बुद्ध जयन्ती कहिले पर्दछ?
-वैशाख शुक्ल पूर्णिमा

29) बौद्ध धर्मका चार तीर्थहरु
-लुम्बिनी, सारनाथ, वोधगया, कुशीनगर

30) बौद्धका चार स्तूप कसले निर्माण गरेका हुन् ?
-चारुमती

31) बुद्धको आमाको नाम
-मायादेवी

32) बुद्धको छोराको नाम
-राहुल

33) बुद्धको श्रीमतिको नाम
-यसोधरा

34) कुन बौद्ध विहार कहाँ?
– स्वयम्भू महाविहार काठमाण्डौँ, नेपाल
– त्रिपिटक महाविहार तिब्बत
– स्वर्णशिला विहार थाइल्याण्ड
– ताम्रशिला विहार श्रिलंका
– तक्षशिला विहार पाकिस्तान
– विक्रमशीला विहार भारत

सिद्धार्थ गौतम बुद्ध
जन्म – ई.पू 563 , लुम्बिनीमा
गौतम बुद्धको मृत्यु(महापरिनिर्माण) – भारतको कुशीनगर, 80 वर्षको उमेरमा
वंश – शाक्य
पिता र माता – सुद्धोदन र मायादेवी
दिदी – नन्दाकुमारी
भाई – नन्दकुमार
पत्नी – यशोधरा
छोरा – राहुल

गृह त्याग – 29 वर्ष, मध्यरातमा
बुद्धलाई मार्नखोज्ने भिक्षु – देवदत्त
बुद्धले लगाउने वस्त्र – चिवर
जन्मने बित्तिकै हिडेका – 7 पाईला
सर्वप्रथम कुन पोखरी – पुष्करणी पोखरी, लुम्बिनी
विश्वमा सबैभन्दा धेरै मूर्ति – गौतमबुद्ध
“एसियाका तारा” – गौतम बुद्ध

प्रवचन भाषा – पाली
गौतम बुद्ध बस्ने जुन सुकै कोठा,कुटी वा घर – गन्धकुटी
मावली गाँऊ – रामग्राम
बुद्धत्व प्राप्त – वैशाख शुक्ल पूर्णिमाका
दिन, भारतको बोधगयामा, 35 वर्षको उमेरमा
बुद्धले बुद्धत्व प्राप्त गरे पछि उनका पिता सुद्धोदनसँग भेट – कुदान,कपिलवस्तु
बिष्णुका अवतार – नवौँ अवतार

घोडा – कण्ठक
बुद्धको पूर्व जन्ममा आधारित कथासंग्रह – जातक कथा
गौतम बुद्ध पछि सन्यासी बन्नेछ भनेर भविष्यवाणी गर्ने – कौडिण्य
गौतम बुद्धको सौतेनी आमा – प्रजावती
गौतम बुद्धको मृत्यु पश्चात लेखिएको पहिलो ग्रन्थ – मूलसर्वास्तिविनय
गौतम बुद्धको दाँत हालसम्म सुरक्षित राखिएको देश – श्रीलङ्कामा

गौतम बुद्धको पत्नी अर्थात बौद्ध धर्ममा ‘धनकी देवी’भनेर चिनिने यशोधराको वास्तविक नाम – गोपा
गौतम बुद्धको मृत्यु कति वर्षको उमेरमा भएको थियो ?
पहिलो उपदेश दिएका – सारनाथ, भारत
बौद्ध धर्मका प्रर्वतक – गौतम बुद्ध

Leave a Reply