मेषः ब्यापारमा लाभ मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । भेटघाटको अवसर मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । साताको मध्यतिर भने स्वास्थ्यको सामना गर्नुपर्नेछ ।

वृषः धार्मिक कार्यमा मन जानेछ । मनोरञ्जन तथा यात्राका अवसरहरु प्राप्त होलान् । मान प्रतिष्ठा बढेर जानेछ । पारिवारिक शुख बढ्नुका साथै प्रेम प्रसङ्ग चल्नेछ । साताको अन्त्यतिर भने आर्थिक समस्या बढ्ने देखिन्छ ।

मिथुनः छोटो दुरीको यात्राको अवसर मिल्नेछ । मित्रहरुको भेटले मनमा उत्साह बढ्नेछ । अध्ययनमा रुचि बढ्नुका साथै धार्मिक कामहरुबाट सफलता मिल्नेछ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् भने मन प्रसन्न रहनेछ ।

कर्कटः शुभ खबरहरु प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । मिठो खान पाइने छ । अतिथिहरुको सम्मान गर्न पाइने छ । उत्साह बढ्नेछ । साताको शुरुतिर भने ब्यर्थै विवाद गर्नुपर्नेछ ।
सिंहः धार्मिक कार्यमा मन जानुका साथै भोज भतेरमा सहभागी हुन पाइनेछ । मित्र भेटले उत्साह बढ्नेछ । आम्दानीका अवसरहरु प्राप्त हुनेछन् । ब्यापारमा लाभ हुनेछ । बोलिको प्रभाव बढ्नेछ । साताको विचतिर भने कुरा काट्नेले ठाउँ पाउनेछन् ।

कन्याः मावली तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । आयमा वृद्धि हुनेछन् । मित्रहरुसँगको भेटले मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको विचमा भने पारिवारिक समस्या बढ्नेछ ।

तुलाः आफन्तजनबाट शुभ खबर प्राप्त हुनेछ । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । बैदेशिक कामहरु सफल हुनेछन् । प्रेम प्रसंग चल्नेछ । ब्यापारमा लाभ मिल्नेछ । मिठो बोलिका काम अधुरा कामहरु सफल हुनेछन् ।
वृश्चिकः सामाजिक प्रतिष्ठा बढ्नेछ । अध्ययनमा रुची बढ्नेछ । मित्रहरुको सहयोग मिल्नेछ । मान सम्मान बढ्नुका साथै आफन्तहरुबाट सहयोग मिल्नेछ । साताको शुरुवातमा भने शत्रुहरु बलिया रहनेछन् ।

धनुः छोटो दुरीको यात्रा गर्नुपर्नेछ । प्रेम प्रसंगले मन हर्षित रहनेछ । रोजगारीका अवसरहरु मिल्नेछन् । मित्रहरुको सहयोग बढ्नेछ । शुभ खबर प्राप्त हुनुका कार्यमा सफलता मिल्नेछ । साताको शुरुवातीमा भने आर्थिक समस्याहरु बढ्नेछन् ।
मकरः पारिवारिक शुख बढ्नेछ । ब्यापारमा लाभ हुनुका साथै मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्रा गर्नुपर्नेछ । आफन्तहरुबाट पूर्ण सहयोग मिल्नेछ । साताको अन्त्यतिर भने आफन्तैबाट कष्ट झेल्नुपर्नेछ ।

कुम्भः धार्मिक तथा सामाजिक प्रतिष्ठा बढ्नेछ । वौद्धिक ब्यक्तिहरुको सहयोग मिल्नेछ । मनोरञ्जनका अवसरहरु पनि प्राप्त हुनेछन् । मिठो खान पाइनेछ । कृषि तथा चौपायहरुबाट लाभ हुनेछ । मन प्रसन्न रहला ।

मिनः मन प्रसन्न रहला । आयमा वृद्धि हुनेछ । यात्राको अवसर मिल्नेछ । शुभ खबर प्राप्त हुनेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । आम्दानी बढ्नुका साथै बोलिको प्रभाव बढ्नेछ । साताको शुरुवाततिर भने आलसीपन बढ्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
२६ गते बिहिबार, कानून दिवस
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

२७ गते शुक्रबार
(उत्तर दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

२८ गते शनिबार
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

२९ गते आइतबार
(उत्तर दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

३० गते सोमबार, सीता जयन्ती
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

३१ गते मंगलबार,
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

१ गते बुधबार, मोहिनी एकादशी ब्रत
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply