लाफा कपमा टोकियो ब्रदर्सको पुनरागनन, पनौती-११ को पोल्टामा उपाधी

लामो समयपछि टोकियो ब्रदर्सले पुनरागमन गर्दा पहिलो लाफा कपको उपाधी पनौती-११ ले आफ्नो पोल्टामा पारेको छ।त्यसै गरी राईजिगं नेपाल तेस्रो भएको छ। करिब एक वर्षपछि कुनै पनि प्रतियोगिताको फाईनलमा पुगेको टोकियोको चर्चित टिम टोकियो ब्रदर्सलाई १-० गोल अन्तरमा हराउदै पनौति-११ च्याम्पियन बनेको हो।पनौती-११ को जितमा प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि बनेका साजन प्रधानको गोल निर्णायक बन्यो।

त्यसैगरी अर्को चर्चित तथा दाबेदार टिम राईजिगं नेपाल पनि तेस्रो भएको छ।प्रतियोगिताको विजेता,उपविजेता र तेस्रो स्थान हासिल गरेको टिमहरुले क्रमश:५ लाख ऐन,२ लाख ऐन र १ लाख ऐन प्राप्त गरेका छन। साथै तिन वटै टिमलाई ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान पनि गरिएको थियो। त्यसै गरी व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी पनौती-११ का साजन प्रधान,उत्कृष्ट गोलरक्षक टोकियो ब्रदर्सका उत्तम गिरी,उत्कृष्ट रक्षक काभ्रेका दिल गुरुगं र सर्वाधिक गोलकर्ता काभ्रेकै सागर चौधरी भए।

‘टोकियो ब्रदर्स’ जापानमा रहेका फुटबल प्रेमी नेपालीहरुमा एउटा परिचित नाम हो।पछिल्लो समय क्लबले केही नयाँ खेलाडी र पुरानो खेलाडी बिचमा सन्तुलन लेराउन प्रयत्न गरिरहेको थियो र सोही प्रयत्न स्वरुप लाफा कपमा टोकियो ब्रदर्सले उप-विजेता बन्दै उत्कृष्ट पुनरागमन गरेको छ।

झण्डै एक वर्ष अघि गत मे मा लालिगुराँस एशोसिएसनले आयोजना गरेको प्रतियोगितामा विजेता भएपछि अन्य प्रतियोगिताहरुमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहको अवस्थामा यो जितले खेलाडीहरुको मनोबल बढ्ने व्यवस्थापक सचिन श्रेष्ठको विश्वास छ।त्यसै गरी यसै प्रतियोगिताबाट क्लबले नयाँ प्रशिक्षकपनि भित्र्याएको छ। नेपालका ए डिभिजन क्लबका पुर्व प्रशिक्षक शिव खड्का ले यसपाली टिम सम्हालेका थिए भने पुर्व प्रशिक्षक सचिन श्रेष्ठले क्लबको व्यवस्थापकिय जिम्मेवारी लिएका छन।