बेनी नगरपालिका वडा नंं ८ मा चालु आवमा विनियोजित बजेटको करिव ७४.५% कार्यान्वयन भइसकेको छ । बेनीबजार क्षेत्रमा पर्ने वडा बाढीको जोखिममा रहेकाले पनि दिर्घकालिन योजना सहित बजारलाई संरक्षणको प्रयास भइरहेको छ । बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्न वडाले पहल गरिरहेको वडा अध्यक्ष रामकृष्ण बराईलीको भनाई छ । बराईलीसँग बेनी अनलाइनले गरेको कुराकानी ।

वडाका विनियोजित बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
वेनी नगरपालिका वडा नं ८ मा आ.व. २०७÷७६ को लागि तय गरिएका योजना तथा कार्यक्रममा बिनियोजित वजेटको ७४.५% कार्यान्वयन भै सकेको छ। वांकी योजना तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेका छन्।
वडाको समस्याहरू के के देख्नुहुन्छ ?
वेनी नगरपालिका वडा नं ८ वजार क्षेत्र भएकाले समस्याहरु धेरै नै रहेका छन्। मुख्य समस्याहरुका रुपमा कालिगण्डकी नदी कटान, वसपार्क व्यवस्थापन , अस्पतालचोक (क्याम्पसचोक भल नियन्त्रण तथा ढल निकास र साघुंरा सडक तथा गल्लीका कारण ट्राफिक व्यवस्थापनको समस्या समेत रहेको छ। यसका दिर्घकालिन समस्याको समाधानका लागि प्रयासरत छौं। क्याम्पसचोकको बाढी वडाकै प्रमुख समस्या भएकाले पनि हामीले थप क्षती हुन नदिने गरी विभिन्न योजना बनाएका छौ।
म्याग्दीको सदरम’काम प्रवेशद्धार नै तपाईको वडामा पर्छ, हिलाम्मे सडक र अब्यवस्थित बसपार्कको समस्या कहिल्यै समाधान हुन्छ त ?
म्याग्दी जिल्लाको सदरमुकाम प्रवेशद्वार देखि पेट्रोल पम्प हुदै गलेश्वर सम्मको सडक तथा ढल निर्माण कार्य पूर्वाधार विकास कार्यालयको सांढे चार करोड लागतमा काम सुरु भै सकेको छ भने वसपार्क गुरुयोजना निर्माण भएको झन्डै २ बर्ष वितिसकेको छ। यो कार्यान्वयन गर्न ठुलो वजेटको आवश्यकता पर्ने हुदा स्थानिय तहको वजेटले समस्या निराकरण गर्न नसकिने हुदा यस्तो समस्या परेको हो।  यो समस्या गर्न वेनी नगरपालिका मार्फत संघ र प्रदेश सरकारसंग वजेट माग गरिदै आएको छ। आगामी आ.व. वजेटमा वसपार्क गुरुयोजनालाइ सम्वोधन हुने अपेक्षा गरिएको छ।

हाल वसपार्कको गुरुयोजना कार्यान्वयनको चरणमा हाल सम्म जम्मा ३५ लाख रकम विनियोजन भै केही काम भएको छ। बसपार्कको विषय केन्द्र र प्रदेश सरकारको वजेट विनियोजनले निर्धारण गर्ने भएकाले यति नै समयमा समस्या समाधान हुन्छ भन्ने अवस्था नभए पनि ३ वर्ष भित्र यस समस्या समाधान होला भन्न सकिन्छ। यद्यपी वडा तथा नगरपालिकावाट सोही क्षेत्रमा वेनी प्रवेश द्वार निर्माण, स्वच्छ खानेपानीको व्यवस्थापन, तथा सार्वजनिक सौचालय निर्माण कार्य केहि सम्पन्न भएका छन् भने टिकट काउण्टर व्यवस्थापनको कार्य हुदै छ।

बसपार्क आसपासका सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो समेत आउने गरेको छ . अतिक्रमण रोक्न के कस्ता पहल गनुभएको छ त ?
वेनी नगरपालिका वडा नं ८ मा सार्वजनिक जग्गाको खोजि गरी रहेका छौ। यस वर्ष कालिपुल वास्केटवलको पूर्व पट्टीको जग्गा र अस्पतालचोक माथीको जग्गामा वडा समितिको संयोजकत्वमा नापी लगि अतिक्रमण भएको जग्गा संरक्षण गर्ने कार्य गरेका छौ। वाकी अतिक्रमित जग्गाहरु खोजि गर्ने कार्य जारी रहने छ।

कालिगण्डकी नदीको कटानको जोखिम पनि उत्तिकै छ । यसको दिर्घकालिन समाधानको प्रयास के के हुन सक्छन् त ?
कालिगण्डकी नदीक कटानको समाधानका प्रयास जारी छ। संरक्षणका लागि यस वर्ष करिव साढे तीन करोडको लगानीमा ग्याविन लगाउने काम भै रहेको छ। दीर्घकालिन समस्या समाधानको लागि रुपाताल संरक्षण एकिकृत परियोजना कार्यालयको प्राविधिक सहयोगमा म्याग्दी नदी र कालीगण्डकीको प्रभावलाइ नियन्त्रण गर्न विस्तृत गुरुयोजना निर्माण गरि सकेको र पुरानो कालिपुल देखि पेट्रोल पम्प सम्म पक्की रिटनिङ वाल निर्माणका लागि वोलपत्र भइ सकेको जानकारी प्राप्त भएकोले आगामी बर्षमा नदी नियन्त्रण कामले निरन्तरता पाउने बिस्वास लिएका छौं।

तपाईको वडाबाट जाम’नाखर्क तर्फ खनिएको बाटोले अस्पताल चोक आसपासको क्षेत्र जोखिममा परेको भन्ने ग’नासा आउने गरेको छ नी?
हो, बेनी नगरपालिका वडा नं ६ को जामुनाखर्कका वासिन्दाको सुविधाको लागि र बजार क्षेत्रवाट नजिकै भएर पनि वत्ती मुनिको अध्यांरो भने झै बे.न.पा.८ र बेनपा ६ मा पर्ने खरेनी पाखोमा रहेका विशेष गरी दलित तथा विपन्न वर्गहरुलाइ लक्षित गरि त्यस क्षेत्रमा वस्ती विकास तथा विस्तार गर्ने उध्देश्यका साथ गत वर्ष यस वडावाट २ लाख वजेट विनियोजन गरी वडा नं ८ को सिमाना सम्म ट्याक खोलेका थियौं। यस वर्ष वेनी नगरपालिका वडा नं ६ ले उक्त वाटोलाइ निरन्तरता दिइ जामुनाखर्क सम्म ट्रयाक खोल्ने कार्य गरेको र सो कार्यवाट वेनी वजारमा रहेको अस्पताल तथा वसपार्कलाइ केही जोखिम निम्तिएकोले वेनी नगरकार्यपालिकाको वैठकमा समेत छलफल भै सम्भावित जोखिमलाइ न्युनिकरण गर्न सो क्षेत्रमा चेक ड्याम तथा ग्याविन जालि निर्माण गर्न लगत इष्टमेट तयार भै कार्यान्वयनको चरणमा रहेको छ।

बेनी नगरपालिकाको प्रबक्ता समेत हुनुहुन्छ, अवको बजेटमा कस्ता योजनाहरूले प्राथमिकता पाउँछन त ?
हामी निवार्चित भएर आएको पनि दुई बर्ष भैसकेको छ। यो दुइ बर्षको अन्तरालमा हामीले जनताका आवश्यकता लाइ हेरी तत्कालीन योजनाहरु निर्माण गरी वजेट कार्यान्वयन गरि सकेका छौं। अवका तीन वर्षमा हामीले दीर्घकालिन सोचका साथ नेपाल सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाइ आत्मासात गर्दै कृषि, पर्यटन,स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाइ प्राथमिकतामा राखी आगामी वर्षका योजनाहरुको निर्माण गर्ने लक्ष्य लिएका छौं। साथै विगतका जस्ता टुक्रे योजनाहरुलाइ निरुत्साहीत गरी अगाडी वढीने छ।

आगामी बर्ष वडाभित्र प्राथमिकतामा पर्ने योजनाहरू के कस्ता छन् त ?
वेनी नगरपालिका वडा नं ८ मा यो दुइ बर्षमा आवश्यक साना ठुला योजनाहरु सम्पन्न भै सकेका छन्। आगामी तीन वर्ष भित्र यस वडामा रहेको एक मात्र सामुदायीक वालमन्दीर आधारभुत विद्यालयलाइ भौतिक रुपमा सम्पन्न गराइ माध्यामिक तह सम्म सञ्चालन गर्ने लक्षका साथ अगाडी वढेका छौं। साथै अस्पतालचोक र क्याम्पसचोक क्षेत्रमा आउने भल नियन्त्रण तथा ढल निकास, बजार सरसफाइ, बसपार्क व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सार्वजनिक जग्गा तथा सडक अतिक्रमण लगायतका समस्याहरु समाधान गर्ने लक्ष लिएका छौं। अन्तमा लोकप्रिय बेनीअनलाइन मार्फत वेनी नगरपालिका वडा नं ८ तथा समग्र नगरपालिकाको विषयमा विचारहरु राख्ने अवसर दिनुभएकोमा लोकप्रिय बेनीअनलाइन परिवारलाइ हार्दीक धन्यवाद दिन चाहन्छु।

Leave a Reply