जापानमा एक म्याग्देलीको मृत्यु

म्याग्दीका एक यूवाको जापानमा मृत्यु भएको छ । म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ सिंगा घर भई काठमाडौं गोंगबु बस्दै आएको २३ वर्षिय विनय खड्काले ताबाता नजिकैको पार्कमा आत्महत्या गरेको प्रहरीको भनाई छ । मंगलवार बिहान करीव ३ वजेतिर आत्महत्या गरेको अवस्थामा प्रहरीले जानकारी पाएपछि उपचारको क्रममा अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार विनय सोमवार साँझ आफ्ना ससुराली र श्रीमती भेट्न ताबाता गएका थिए ।

मृतक खड्का मोना जापानका पूर्व अध्यक्ष हालका सल्लाहकार महेन्द्र खड्काका छोरा हुन् । मृतक खड्काको शनिबार फुडोमायस्थित किरिगाया साइज्यो (शवडाह गृह) मा अन्त्येष्टि गरिने मोना जापानका महासचिव गणेश श्रेष्ठले बेनीअनलाइनलाई बताए । विनयले आत्महत्या गरेको पार्कमा जडित सीसी क्यामेराको भिडियो फुटेज हेर्दा उनले आफैले लगाएको कपडाको पासो लगाई प्राण त्याग गरेको देखिएको छ ।