प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापालाई बेल्जियममा स्वागत

यूरोप भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापालाई बेल्जियममा रहेका म्याग्देलीले भब्य स्वागत गरेका छन्। म्याग्देली प्रबासी नेपाली संघ (मोना) बेल्जियमद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा जिल्लाको विकासमा प्रवासी म्याग्देलीको सक्रियता तथा लगानीको आवश्यकता रहेको सांसद थापाले बताएका थिए । उनले जिल्लाको विकासमा विगतमा प्रवासीको सहयोगलाई थप प्रभावकारी बनाउनुपर्ने बताउँदै वर्तमान सरकारले सुखी नेपाली र समृद्ध नेपाल बनाउने गरी काम गरिरहेको बताए ।

‘समृद्ध नेपाल बनाउने अभियाना विदेशबाट पनि सहभागिता आवश्यकता छ,‘सरकारले जनताको आवश्यकता अनुसारका कार्यमा प्राथमिकता दिएको छ’ थापाले भने ।

नेपाल सरकारको प्रतिनिधित्व गरी औपचारिक यूरोप भ्रमण साथै पारिवारिक भेटघाटको शिलशिलामा म्याग्दी जिल्लाबाट निर्वाचित थापा र प्रतिनिधि सभा कृषि सहकारी तथा प्राक्रितिक स्रोत समितिका सचिव उदय भण्डारीलाई स्वागतमा आयोजित रात्रीभोज कार्यक्रममा बोल्दै मोना बेल्जियमका अध्यक्ष योगेन्द्र बिकले मोनाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा एनआरएनए यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्क बहादुर केसी लगाएतका विषेश उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाकी सक्रिय सदस्य ज्ञानु बरुवालले स्वागत गरेकी थिईन् । कार्यक्रम संस्थाका महासचिव प्रदीप थापा “सुमन“ को संचालनमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार चन्द्र शर्माले स्वागत मन्तब्य राखेका थिए ।