नयाँ पर्यटकीय गन्तब्यसँगै म्याग्दीमा विदेशी पर्यटक बढे

म्याग्दीमा एक वर्षको अवधिमा झण्डै ७० हजार भन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग, राउण्ड धौलागिरि सहित जिल्लाका नयाँ तथा पूराना धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०७५ वैशाखदेखि चैत महिनासम्म म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ७१ हजार ९ सय ९२ जना रहेको छ । यसबर्ष गतबर्षको तुलनामा पर्यटकको संख्या बढ्ने देखिन्छ । गत आर्थिक वर्षमा ७४ हजार १६३ जनाले भ्रमण गरेका थिए भने ०७३÷७४ मा ६९ हजार ८१६ जनाले भ्रमण गरेका थिए ।

चालु आवको बैशाख, जेठ र असार महिनामा भित्रिने पर्यटकको संख्या गतबर्षभन्दा बढ्ने देखिन्छ । सडक, हवाई र पदमार्ग हुदै म्याग्दीमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनीले बताए। ‘म्याग्दीमा भित्रिने पर्यटकको संख्या हरेक बर्ष बढेको देखिन्छ,‘पर्यटकमैत्री वातावरणले समेत आर्कषित गरेको छ’उनले भने। जिल्लामा भित्रिने पर्यटकलाई पर्यटकीयस्थलमा समेत सुरक्षाका लागि पर्यटक प्रहरी सहित अन्य क्षेत्रमा समेत सहज आवतजावतका लागि आवश्यक परेमा समन्वय गर्ने गरिएको प्रनाउ मरासनीले बताए ।

कार्यालयका अनुसार म्याग्दीको भ्रमणमा ३५ हजार ६ सय ७१ जना विदेशी पर्यटकहरु भित्रिएका छन् भने २३ हजार ५ सय ४० पर्यटकले जिल्ला भ्रमण गरेर बाहिरिएको देखिन्छ ।यीमध्ये म्याग्दी भ्रमणमा भित्रिने र बाहिरिनेमा यसपटक पुरुषको तुलनामा महिला बढी रहेका छन् । म्याग्दी भ्रमण गर्ने महिला पर्यटकहरू ३० हजार ५ सय ६६ रहेकोमा पुरुष पर्यटक २८ हजार ६ सय १४ जनाले भ्रमण गरेको जनाइएको छ । ९ महिनाको अवधिमा पुरुषभन्दा महिला १ हजार ९ सय ५२ जना बढीले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् । विगतमा महिलाभन्दा पुरुष पर्यटकको संख्या धेरै हुने गरेको थियो ।

अफ सिजनमा जिल्लामा भित्रिने पर्यटकमा महिला र पुरुष बराबरी जस्तै देखिन्छ ।गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७३÷७४ मा कुल ६९ हजार ८ सय १६ जनाले म्याग्दी भ्रमण गरेकोमा आर्थिक वर्ष ०७२÷७३ मा ४३ हजार ६ सय ३२ जना पर्यटक मात्रै म्याग्दी भ्रमणमा आएका थिए । पछिल्लो पाचदशक यता महाभूकम्प गएको बर्षमा सबैभन्दा कम पर्यटक म्याग्दीमा आएका छन् ।

जिल्लाको घोरेपानी, भुरुङ–तातोपानी, शिख, घार, पश्चिम म्याग्ग्दीको दरवाङमा प्रहरी र एक्यापका सुचना केन्द्रबाट सङ्कलन गरिएको छ । पर्यटक आगमन बढाउन म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ लाई म्याग्दी भ्रमण वर्ष घोषणा गरेको थियो । म्याग्दीको भ्रमणमा निस्कने पर्यटकहरू अधिकांस घोरेपानी, अन्नपूर्ण पदमार्ग, धौलागिरी चक्रीय, धौलागिरी आइसफल पुग्ने गरेका छन भने प्राकृतिक तातोपानी कुन्ड, खोप्रा, धौलागिरी सेञ्चुरी, टोड्के, बेनी हुदै मुस्ताङ जाने मार्गमा पर्ने रुप्से झरना, अन्धगल्छी, गलेश्वर लगाएतका क्षेत्रमा जान्छन्। म्याग्दी भ्रमण बर्षले जिल्लामा भित्रिने पर्यटकलाई नयाँ सन्देश प्रवाह भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यग्क्ष उत्तमकुमार कमाचार्यले बताए ।

‘भ्रमण बर्षलाई प्रचारप्रसारको रुपमा लिएका छौ,‘पूर्वाधार विस्तारमा पनि ध्यान केन्द्रित भएको छ’ कर्माचार्यले भने । उनले नयाँ बर्षमा समेत आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाको भ्रमणमा आउने गरी प्रचारप्रसार गरिने बताए । विश्वको प्रख्यात पर्यटक गाईड लोन्ली प्लानेटले तीनबर्ष अगाडी नेपालमा घुम्नै पर्ने १० वटा पर्यटकीय गन्तब्यमा पहिलोपटक अन्न्पुर्ण गाँउपालिकाको घोरेपानी र पुनहिललाई समावेश गरेपछि पर्यटकको आगमन बढेको अन्नपुर्ण गाँउपालिकका प्रमुख डम बहादुर पुनले बताए । उनले पदमार्गमा रमाउन चाहने पर्यटकलाई सडक विस्तारका कारण समस्या भएको बताउँदै नयाँ पदमार्गको खोजीमा केन्द्रित हुनुपर्ने बताए ।

अन्नपूर्णमा भित्रिने पर्यटकलाई कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएतका पदमार्गहरू मर्मत तथा विस्तार गर्नुपर्ने बताए । कास्कीको पोखराबाट हवाईमार्ग र मनाङबाट पैदलयात्राहुदै मुस्ताङ प्रवेश गर्ने पर्यटकहरू ५ देखी २ सातासम्म मुस्ताङका विभिन्न ठाउँको भ्रमण गरी सडक मार्ग हुदै जिल्लाबाहिर जाने गरेका छन् । मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य पर्यटकका प्रमुख आर्कषण मानिन्छन् ।