विप्लव विद्यार्थीका पूर्व गण्डक इन्चार्ज विकले पार्टी परित्याग

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक विद्यार्थी नेताले पार्टी परित्याग गरेका छन् । नेकपाको स्थापनाकालदेखि नै सक्रिय विकले विगत केही महिना यता पार्टीका कुनैपनि गतिविधिमा संलग्न नभएको र आगामी दिनमा पनि पार्टीका गतिविधिमा संलग्न हुने गरी परित्याग गरेको विज्ञप्तीमा उल्लेख छ । नेकपाको विद्यार्थी संगठन तर्फ गण्डक ब्यूरो इन्र्चाजको जिम्मेबारी समेत सम्हालेका विक माओवादी जनयूद्धमा समेत भूमिगत भएका थिए ।

बेनपा २ भकुण्डे निवासी विक माओवादी विभाजित भएपछि बैद्य हुदै विप्लवमा सक्रिय रहेका विकले तीनवटै निर्वाचनमा बहिस्कारका गतिविधिमा सक्रिय थिए । पार्टीको गतिविधि संविधान विपरित भएको भन्दै विक सत्ताधारी नेकपामा प्रवेश गरेका नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेलले बताए । जिल्ला प्रहरी कार्यालयमा पौडेल सहित गण्डकी प्रदेश सदस्य सुवास विक, यूवासंघका केन्द्रिय सदस्य नारायण जिसी, प्रहरी र प्रशासनका प्रतिनिधिको उपस्थितीमा नियमित सम्पर्कमा रहने प्रतिबद्धता समेत जनाएको प्रहरीले जनाएको छ । विकलाई म्याग्दीमा विप्लवका गतिविधिमा सक्रिय रहेको भन्दै पटकपटक खोजी गर्ने गरिएको थियो ।