लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ

लायन्स क्ल अफ बेनी पिस सिटीको चौथो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा नरेश श्रेष्ठ चयन भएका छन् । सामाजिक एवम् मानवीय सेवामा सक्रिय क्लवको प्रथम उपाध्यक्षमा खम थापा मगर,द्धितिय उपाध्यक्षमा सुवर्ण रिजाल, तृतिय उपाध्यमा भोज बहादुर रिजाल, सचिवमा विरेन्द्र श्रेष्ठ ,कोषध्यक्षमा सचिन शाक्य, सह–कोषाध्यक्षमा हरिकृष्ण गौतम,
टेमर सन्दिप खत्रि,टेलट्वीष्टरमा बामदेव रिजाल, सहसचिवमा नन्दकुमार पाइजा रिपोर्टिङ डाइरेक्टरमा दिपक श्रेष्ठ चयन भएका छन् ।

अध्यक्ष नरेश श्रेष्ठ पुर्व तृतिय उपाध्यक्ष हुन भने ब्यवसायसँगै सामाजिक गतिविधिमा समेत सक्रिय छन् । कार्यक्रममा प्रमुख अतिथि सिनियर एओजिएमजेएफ लायन्स सन्तोष रावलले विश्वकै ठूलो सामाजिक संस्था लायन्स मार्फत क्लवका गतिविधिले लायनका अभियानलाई थप प्रभावकारी बनाएको बताए । उनले शिक्षा, स्वास्थ्य सहित सामाजिक गतिविधिलाई केन्द्रित गरेर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य,निवर्तमान अध्यक्ष लोकेश पुन मगर, रिजन चियर पर्सन दिपेन्द्र श्रेष्ठ,लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठ ,लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठ,लायन्स क्लब अफ मल्लाज बेनीका अध्यक्ष श्रीलाल चापागाई,लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष अम्बिका श्रेष्ठ र लायनस क्लब अफ बेनी महारानीकी अध्यक्ष रञ्जिता शेरचनले मन्तब्य ब्यक्त गरेका थिए ।

निवर्तमान अध्यक्ष लोकेश पुन मगरको अध्यक्षता, प्रमुख अतिथि सिनियर एओजि एमजेएफ लायन्स रावलको प्रमुख आतिथ्यता,प्रथम उपाध्यक्ष थापा मगरको स्वागत मन्तव्य र निवर्तमान सचिव भोजबहादुर रिजालको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल दुई पत्रकार कमल खत्रि र ठाकुर प्रसाद आचार्यलाई क्लबले नगद तथा प्रमाणपत्रले सम्मान गरेको छ ।

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष विरेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन तथा निवर्तमान सचिव भोज बहादुर रिजालले बार्षिक प्रतिवेदन गरेका थिए । क्लवले चरम गरिबीका कारण उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाको स्नातक तहसम्मको शिक्षा, नगरपालिका भित्रका दुई वडामा बोधिचित्तको विरुवा रोपण सहित शिक्षा, स्वास्थ्य लगाएतका गतिविधिमा सक्रिय छ ।