पाईजाको उपचारमा सहयोगको याचना

बेनी नगरपालिका- ५ पुलाचौर नयाँगाउका ४१ बर्षिय यामबहादुर पाइजको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेका छन् । सदरमुकाम बेनीको महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविको भवनका पर्खाल निर्माणको क्रममा गम्भीर घाईते भएका पाइजाको उपचारमा आर्थिक समस्या भएपछि सहयोगमा समस्या भएको विरामीका दाजु याम बहादुर पाईजालाई उद्धित गदै प्रकाश पौडेलले बताए ।‘उपचारमा आर्थिक भएको छ,‘सहयोगको अपिल गर्दछौ’ पौडेलले भने।उनका अनुसार काठमाण्डौ मोडेल अस्पतालमा उपचार गराइरहेका पाइजाको नियमित उपचारको आवश्यकता रहेको उनले बताए ।

पाईजाको आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारमा समस्या भएको हो । विद्यालयमा भौतिक संरचना निर्माणको जिम्मा लिएका भरत पौडेलका अनुसार पाईजाको उपचारमा १४ लाख खर्च गरिएको बताए । उनले तत्कालै बेनी हुदै पोखरा, काठमाण्डौसम्मको उपचारमा खर्च गरेको बताउँदै परिवारसँग गरिएको सम्झौता अनुसारको खर्च उपलब्ध गराएको बताए । पाईजाको आर्थिक अवस्था कमजोर छ भने घरमा श्रीमति,३ छोरी र १ छोरा छन् । निर्माणको क्रममा घाईते भएका अर्का मजदुरको समेत ठेकेदारले नै उपचार गरेका थिए ।

सहयोगका लागि: सम्पर्क 9847627140 चन्द्र बहादुर पाइजा