जनप्रतिनिधिले सामुदायिक विद्यालय रोजे

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालका दुई छोराले सोमबार बेनी सामुदायिक माविमा भर्नाका लागि प्रवेश परिक्षा दिदैं थिए ।क्षमताभन्दा तेब्बर धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले लिएको प्रवेश परिक्षामा निजी विद्यालयमा अध्ययरत उपाध्यक्ष छन्त्यालका दुवै छोराले प्रवेश परिक्षा उत्र्तिणा गरे ।

छन्त्यालले दाईको छोरालाई समेत प्रवेश परिक्षामा सामेल गराए । घरायसी काम तथा परिवारको बेनीमै धेरै बसाई हुने भएकाले छन्त्यालले बेनीमा भर्ना गरेर सामुदायिक विद्यालयप्रति जनप्रतिनिधिको भूमिकाको एउटा काम गरेको बताए । ‘सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनुपर्छ,‘शिक्षमाको गुणस्तर खस्कन नदिनका लागि जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई भर्ना गरेर अभियान थाल्नुपर्छ’ छन्त्यालले भने ।

उनले जनप्रतिनिधिसँगै राष्ट्रसेवकका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा भर्नाको वातावरण बनाउन सकेमा सदरमुकाम देखि ग्रामिण क्षेत्रसम्मका विद्यालयमा आर्कषण बढ्ने बताए । शैक्षिक गुणस्तरमा नीजि विद्यालयको भूमिका समेत उच्च भएको बताउँदै छन्त्यालले जनप्रतिनिधिको जिम्मेबारी अनुसार सामुदायिक विद्यालयबाटै आफ्ना छोरालाई उच्च शिक्षा दिलाउने बताए ।

उनले राज्यको ठूलो लगानी सामुदायिक विद्यालयमा भएकाले पनि त्यसको संरक्षण तथा नियमन गरी गुणस्तरीय शिक्षा, समस्याको समाधान सहितका थप योजना बनाउन समेत स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई सफल बनाउन आफ्ना छोराछोरीलाई भर्ना गर्नुपर्ने बताए । बेनी सामुदायिकले दिने शिक्षालाई जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयसम्म पु¥याउनुपर्ने बताए । यता विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले जनप्रतिनिधिका छोराछोरी पनि प्रतिस्पर्धाबाटै छनौट हुनुपर्ने बताए ।‘क्षमताभन्दा धेरै विद्यार्थीले आवेदन दिने भएकाले समस्या भएको छ,‘सबै विद्यार्थीलाई भर्ना गर्न पूर्वाधार र जनशक्ती प्रमुख समस्या हो’ श्रेष्ठले भने ।

उनले आधादशक यता विद्यालयमा भर्नाको चाप उच्च भएकाले पनि प्रवेश परिक्षा लिनुपरेको बताए । जनप्रतिनिधि, समाजका अगुवाका छोराछोरीले सामुदायिक विद्यालयमा पढ्न थालेपछि मात्रै यहाँको समस्याका बारेमा जानकारी हुने भएकाले पनि नयाँ शैक्षिक बर्षमा जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयमै पुगेर बेनी सामुदायिकको शैक्षिक उपलब्धीका बारेमा जानकारी आदानप्रदान गर्ने बताए । शैक्षिक गुणस्तर कायम गर्न र भौतिक पूर्वाधार विकासमा आवश्यकता अनुसार सहयोग भएमा बर्षेनी ३ सयको हाराहारीमा विद्यार्थी थप गर्न सकिने विद्यालयले जनाएको छ । उपाध्यक्ष छन्त्यालकी श्रीमतिसँगै कान्छो छोरा