छन्त्याल परिवार अष्टेलियाले भलिबलप्रतियोगिताआयोजना गर्ने

सिड्नीःप्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्टे«लिया (सीपीए)ले पुरुषतथामहिलाभलिबलप्रतियोगिताआयोजना गर्ने भएको छ । आगामीजुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजकह्यारी छन्त्यालले जानकारी दिए ।

सीपीए र प्रालिबीचको सम्झौतापछि प्रतियोगिता ‘प्रथम बेल्सन इन्टरनेशनलपुरुषतथामहिलाभलिबलकप’ का रुपमा सञ्चालनहुनेछ । प्रतियोगितामापुरुषतर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्टे«लियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्टे«लियन डलरसँगै मेडल र प्रमाणपत्र पाउने संयोजक छन्त्यालले जानकारी दिए । ‘पुरस्कारको राशी अष्टे«लियामा नेपाली संघसंस्थाले सञ्चालन गर्ने प्रतियोगिताको तुलनामानिकै राम्रो राखेका छौँ, त्यसका साथमामहिलाप्रतिभा प्रस्फुटनका लागिपनिहामीले महिलाभलिबलप्रतियोगिता राखेका हौँ’, उनले भने । प्रतियोगितामापुरुषतर्फ तीन सय ५० र महिलातर्फ एकसय अष्ट्रेलियन डलर प्रवेश शुल्कतोकिएको छ ।

प्रतियोगितामा सहभागिताकालागि सिड्नीमा सञ्चालितभलिबलक्लब, जातीय संघसंस्थाकाअतिरिक्त मेलर्वन र क्यानवेरामा समेत निमन्त्रणा पठाईएको छ । प्रतियोगितामाउत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगतविधातर्फ पुरस्कार प्रदान गर्नेछ । नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यतादिएसँगै अष्टे«लियामा नेपाली समुदायमाझयसको आकर्षण बढ्दो छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ४ टिम भन्दा बढीले सहभागिताजनाउने अपेक्षा गरिएको सीपीएले जनाएको छ ।

प्रतियोगितालाई सफलबनाउनविभिन्नउपसमितिहरु गठन गरेर तयारीलाई तीब्र बनाईएको सीपीएकाअध्यक्षपदम छन्त्यालले जानकारी दिए । ‘सीपीएले सामाजिकउत्तरदायित्वकाहिसाबले नेपालमा बाढीपहिरो जस्ता दैवीप्रकोपमा राहत, विभिन्नकिसिमकाविरामीको उपचारमा सहयोग पनिगर्दै आएको छ’, उनले भने, ‘यस पटकदेखि भलिबलप्रतियोगितापनिआयोजनागर्दैछ, यसलाई आगामीबर्षहरुमापनि निरन्तरतादिनेछौँ ।’