दाँत शरीरकोमुख भित्रको एकअमुल्यभाग हो । खाना मसिनो गरी चपाउन, बोली स्पष्ट गराउन, राम्रो मीठो मुस्कान आदीको लागि दाँत महत्वपुर्ण मानिन्छ । खाना मसिनो टुक्र भएमा पेटलाई पाचन प्रक्रियामा धेरै भार पर्दैन ।दाँतको समस्या दुधे दाँत आए देखिन युवा अवस्था हुँदै बुढेसकाल सम्मअनेक समस्याहरुले सताउन सक्दछ ।

दाँत तथा मुख भित्र सामान्य देखिन जटिल धेरै रोगहरु हुन्छन् । दाँत किराले खाने , दाँत दुख्ने, पिप पर्ने, गिजाको समस्या, श्वास गन्हाउने, बुद्धी बंगाराको समस्या, बेलैमा दाँत झर्ने, मुखको क्यान्सर, जन्मजात ओंठमुखको ताल काट्ने, मुख नखुल्ने, नमिलेका दाँत हुने जस्ता धेरै समस्याहरु हुन्छन । जस मध्य दाँत किराले खाने सबै भन्दा बढी देखिन्छ । सबै उमेरका मानिसमा दाँत किराले खाने समस्या देखिने गर्छ ।

दाँत किराले कसरी खान्छ ?

गुलियो खानेकुरा, दाँतमा लामो समयसम्म अड्किएको खानेकुरा जसलार्ई मुख भित्र रहेका किटाणुहरुले रासायनिक प्रक्रियाद्धारा अमिलो अम्ल बनाउँदछ जसले दाँतलाई खियाउँदै लान्छ र दाँतमा प्वाल पर्दछ, त्यस ठाउँमा लगातार खाना अड्किने र किटाणुहरु दाँतको भित्रीभाग सम्म आक्रमण गर्दै जान्छन् । सुरुको अवस्थामा खासै लक्षण देखिँदैन त्यसैले दाँतको उपचार गर्न हेलचक्रयाई गर्छौँ । बिस्तारै दन्ते किरा दाँतको नसा बस्ने ठाउँसम्म पुग्दछ र त्यसपछि दाँत दुख्ने , चिसो तातो पार्नै नहुने, चपाउनै नहुने, राती बेस्सरी दाँत दुख्ने, पिप पर्ने, दाँत हल्लिने जस्ता लक्षण देखिन्छन् ।

दाँत किराले खान नदिन के गर्ने
ड्ड बिहान बेलुका खाना खाएपछि फ्लोराईड भएको दन्त मञ्जनले दाँत माझ्ने
ड्ड दाँतमा खाने कुरा अड्किन, लेउ९म्भलतब िएबित्रगभ०टाँसिन नदिने
ड्ड खानेकुरा खाएपछि मुख कुल्ला गर्ने
ड्ड खाना खाँदा सागपात,सलाद पनिसंगै खाने
ड्ड गुलियो,अस्वस्थखानेकुराहरु धेरै नखाने
ड्ड दन्त चिकित्सकसँग प्रत्येक ६र६ महिनामा दन्त परिक्षण गर्ने
ड्ड नक्कली दाँत , दाँतमा खोल, तार बानेको छ भने राम्रोसँग स˚ा राख्ने

दाँत किराले खाएमा के गर्ने 
ड्ड दन्त चिकित्सकसँग आवस्यक चेकजाँच गरी दाँतमा सीमेन्ट भर्ने
ड्ड दाँतको नसा, जरा भेटाएको छ भने, दाँतको जरैदेखीनको उपचार गर्ने
ड्ड दाँत काम नलाग्ने गरी किराले खाएमा दाँत उखाल्ने
ड्ड दाँत उखलेर घाउ सुके खाली ठाउमा नक्कली दाँत राख्ने

दाँत किराले खाएमा बेवास्ता नगर्ने समयमै दन्त चिकित्सकसँग गई उचितपरामर्स लिई सही उपचार गराउने । आजको सानो बेवास्थाले गर्दा भोली गएर मुखको क्यानसर जस्तो ठुलो रोग निम्तिन सक्छ ।जसले गर्दा मानिस आफ्नो ज्यान सम्म गुमाउन बाध्य हुन्छ । कतिपय आमाहरुले बच्चाको ६ बर्षमा आउने थाई बंगरालाई पछि साट्ने दाँत भनेर झुकिने र किरा लागेमा उपचार नगराउने हुनाले सानै उमेरमा बच्चाले आफ्नो थाई दाँत सँधैको लागि गुमाउन पुग्छन ।

जहाँ पायो त्यही नबुजीकन नदेखाउने, पैसालेसबै किन्न सकिएला तर स्वस्थ जिवन किन्न सकिँदैन । दाँतको उपचारमा ढिलाई गर्दा धेरै खर्च र दुख पाउन सकिन्छ । केही भएको छैन भने पनि आफ्नो मुख दाँत नजिकको अस्पताल वा क्लिनिकमा जाँच गरौँ । बेलैमा रोग पत्ता लागे उपचारमा सजिलो र खर्च पनि कम हुन्छ । कुनै व्यत्तिहरुले झारफुक गरेर दाँतबाट किरा निकालेको भनेर मानिसहरुलाई भ्रममा पार्ने काम गर्दछन । त्यसैले त्यस्तो भ्रममा नपरी दाँत तथा मुखमा कुनै समस्या देखा परेमातरुन्त दन्त चिकित्सककहाँ गइसही उपचार गराउनुपर्दछ ।

डा- विवेक सुनार  डेन्टल सर्जन, BDS (TU)

Leave a Reply