बुद्ध यूवा क्लवले खुल्लामञ्च सरसफाई

म्याग्दीको सदरमुकाम बेनीस्थित मंगलाघाटमा रहेका बुद्ध यूवा क्लवले शनिबार खुल्लामञ्च मर्मत तथा सरसफाई गरेका छन्। खेलकुद, मेला महोत्सव, राजनीतिक तथा सामाजिक गतिविधि हुने खुल्लामञ्च मर्मत तथा सरसफाईको अभावमा कुरुप बन्दै गएपछि यूवा क्लवको सक्रियतामा मर्मतको काम गरिएको अध्यक्ष विजय किसानले बताए ।

यूवाहरूले फोहोर संकलनसँगै खेल्ने क्रममा असजिलो स्थानको समेत मर्मत गरेको सल्लाहकार लक्ष्मण केसीले बताए । उनका अनुसार यूवा क्लवमार्फत खेलमैदान सहित बेनीबजार भित्रका विभिन्न गतिविधिमा सक्रिय हुने बताए । बेनपा ७ मा सक्रिय रहेको यूवा क्लवले लागुपदार्थ दुब्र्यसनी विरुद्धको अभियान, सडक बत्ति जडान, सरसफाई सहित विभिन्न कार्यहरू गदैं आइरहेको छ । २०६४ सालमा स्थापनाभएको क्लवले मंगलाघाट सहितआसपासका क्षेत्रमा स्थानीयबासीसंग सहकार्य गरी कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरेको छ ।