‘म्याग्दीमा विप्लव समुहको कुनै प्रभाव छैन’

म्याग्दी जिल्लाको विकट क्षेत्रमा प्रस्ताव गरिएको प्रहरी चौकी स्थापनाका कार्यलाई आगामी आर्थिक बर्षमा ठोस प्रस्ताव सहित अगाडी बढाइने प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताएका छन् । विगतमा आवश्यक तथा प्राथमिकतामा राखिएको योजनालाई केन्द्रित गरी पुनः प्रस्ताव गरिने उनले बताए । जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहको कुनै प्रभाव नभएको बताउँदै प्रनाउ मरासिनीले ग्रामिण क्षेत्रमा नागरिकको सुरक्षा सहित सामाजिक गतिविधिमा सहयोगी भूमिका खेल्न आवश्यक परेमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सकिने बताए । उनले प्रहरीको अभियानमा नागरिकतहबाट समेत सहयोग मिलेमा अपराधिक घटनालाई न्यूनिकरणमा सहज हुने बताए । यसै सन्र्दभमा हरिकृष्ण गौतमले मरासिनीसँग गरेको कुराकानी..

यहाँलाई नयाँ बर्ष २०७६ सालको सुभकामना ?
धन्यवाद, बेनी साप्ताहिक परिवार लगाएत अन्य पत्रकारिता जगतलाई सम्पुर्ण म्याग्दी जिल्लाबासी दाजु भाई दिदी बहिनी लगायत नव बर्ष २०७६ सालको शुभकामना साथै हामी सबैले आउदो सालमा शान्ती र समृद्दीको महशुस गर्न पाईयोस ।

म्याग्दीमा प्रनाउको जिम्मेवारी सम्हालेपछि मुख्य के के काम गर्नुभयो त ?
म म्याग्दी जिल्लाको प्रहरी प्रमुखको रुपमा आएको डेढ महिना मात्र भयो । मैले यो जिम्मेवारी सम्हाले पश्चात जिल्लामा शान्ती सुरक्षा सम्वन्धीत कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने काम नै गरिरहेको छु । नेपाल प्रहरीले यही २०७५ सालमा नै ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिधालय जनचेतना कार्यक्रम, समुदाय सँग चियापान,घरेलु मदिरा पूर्ण रुपमा नियन्त्रण जनता सम्पर्क कार्यक्रम, बिधार्थी प्रहरी संग एक दिन,ीच्ए, घरदैलो कार्यक्रम जस्ता कार्याक्रम गर्नुका साथै समस्या पहिचान,बिश्लेषण र समाधान खोजी गर्ने काम गरिरहेका छौ ।

२०७५ सालमा प्रहरी कार्यालयबाट गरिएको कार्यसम्पदानको सम्रग विवरण बताइदिनुहोस न ?
आ.व. २०७५।०७६ हाल सम्म यस जिल्लाको शानती सुव्यबस्था अमनचयन कायम राख्न र आपराधीक गतिबिधीमा संलग्न व्यक्तीहरुलाई कानुनी दायरामा ल्याउनका निमित्त यस जिल्ला प्रहरी कार्यालय म्याग्दीले निम्न बमोजिमका मुद्दा दायर गरी दोषीलाई कानुनी दायरामा ल्याईएको छ । अपराध तथ्याङ्क अनुसार दर्ता भएको १०१ मुद्धामा ८० फछौट भएको छ भने २१ मुद्धा बाँकी छन् । सम्रग रुपमा हेर्दा विगतका बर्षको तुलनामा आत्महत्याको घटनामा न्यूनिकरण छ भने अन्य अपराधिक घटनामा समेत कमी देखिएको छ । जनताको पहुँचमा प्रहरी पुगेकाले पनि ग्रामिण क्षेत्रमा हुने अपराधिक घटनामा तुलनात्मक रुपमा घटेको छ । हामीले नियमित कार्यहरुसँगै नागरिकसँग जोडिएका विभिन्न अभियानलाई समेत तिब्रता दिएका छौ । सम्रगमा गएको बर्षको अन्तिममा मेरो उपस्थिती भएपनिसहकर्मीहरूले सुरू गरेका विभिन्न योजनाहरूमा नियमित सहभागिता जनाए ।

मैले स्थानीयतहमा रहेका प्रहरीको चौकी, इलाका प्रहरी कार्यालयका स्थलगत अनुगमन सहित आवश्यकता अनुसार विभिन्न योजनाहरू बनाउने कार्यमा समेत सहभागिता जनाए । तपाई हामीलाई धेरै नै खुसीको खवर के छ भने विगतमा बर्षेनी २५ जनाको हाराहारीमा हात्महत्या हुने म्याग्दीाम यसबर्ष ह्वात्तै घटेको छ । चालु आवमा झुण्डिएर ८, विष सेवन २ गरी १० जनाले आत्महत्या गरेका छन् । यसमा समुदायसँग सक्रिय सरोकारवाला निकायको भूमिका रहेको छ ।

सरकारबाट प्रतिबन्धि विप्लवको प्रभावित जिल्लामा समेत पर्छ, सुरक्षा संयन्त्रले प्रभावित देख्छ कि देख्दैन् त ?
यस जिल्लामा हाल केही घटना बाहेक सरकारबाट प्रतिबन्धित बिप्लव माओबादी समुहको प्रभाव छ भन्ने हाम्रो संयन्त्रलाई लाग्दैन । तर जे जस्तो परिस्थितीमा पनि सामना गरी समाजमा शान्ति सुरक्षा अमनचयन जनताको जीउ धनको रक्षा गर्न तत्पर र तयार छौ । सरकारबाट प्रतिबन्धित लगाएको सन्दर्भमा बिप्लव माओबादीका केही जिल्लास्तरिय कार्यकर्तालाई जिल्लाको शान्ती सुरक्षामा बाधा पुर्यागएको कारण नियन्त्रणमा लिई आवाश्यक अनुसन्धान भईरहेको तथा अन्य कार्यकर्ताहरू माथी पनि निगरानी बढाईएका छौँ । विप्लव निकटका नेताकार्यकर्तालाई बाटो परिवर्तन गरी अगाडी बढ्न अनुरोध गर्दछु । राज्यसँग विप्लवका सम्पूर्ण विवरण भएकाले पनि म्याग्दी जिल्लामा सक्रिय रहेकालाई तत्काल आत्मआलोचना सहित प्रशासनको सम्पर्कमा आउन अनुरोध गर्दछु ।

प्रहरीले समुदायसँग सम्बन्ध बलियो बनाउन धेरै कार्यक्रमहरू ल्याएको छ, कार्यक्रमहरू जस्तै प्रहरीको सेवा पनि मुस्कान सहितको छ त ?
अवश्य पनि ,नेपाल प्रहरीले जनताको नजिक जान र जनतालाई सेवा प्रदान गरि खुशी तुल्याउन बिभिन्न कार्यक्रम ल्याई त्यस्लाई कार्यान्यवन गर्दै आईरहेको छु, जसमध्ये प्रहरी मेरो साथी ,मुस्कान सहितको प्रहरी ,प्रहरी टोलटोलमा र समुदाय –प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको सेवा कार्यक्रम जस्तै मुस्कान सहितको नै छ । मानव अधिकारको संरक्षण र संबदन गर्दै कानूनको कार्यन्वयन गर्दै गराउदै प्रहरी र जनता दुवैको मुहारमा मुस्कान ल्याउन हरसम्भव प्रयासमा छौँ रहने छौँ । साथै मुस्कान सहितको सेवा प्रवाह गर्न प्रहरी कर्मचारीका समस्या पिर मर्का प्रति संगठन र जिल्ला प्रहरी कार्यालय प्रमुख को हैसियतले प्रतिबद्ध छ । नेपाल प्रहरीले संचालन गरको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्योल समुदायसँग मिली सुरक्षा अवधारण लाई अगाडी सारेको छौँ ैँ ।

म्याग्दी जिल्लाका केही आवश्यक स्थानमा प्रहरी चौकी स्थापना गर्ने लामो प्रयास अझै सफल हुन सकेको छैन् । तपाईको कार्यकालमा यसलाई अगाडी बढाउनुहुन्छ त ?
जनशक्तीको अभाव हाम्रो संगठनको ठुलै समस्या हो,संगठनले भर्खर मात्र पनि दश हजार जनशक्ती थप गर्न प्रस्ताव अगाडी सारेको छ, अहिले प्रक्रियामा अर्थमन्त्रालय पुगेको छ । यस जिल्लाको हकमा आवाश्यक स्थानमा प्रहरी चौकी स्थापना गर्न म मेरो ठाउँबाट सक्दो प्रयास र पहल गर्ने छु । जिल्लामा विगतमा प्रस्ताव गरिएका स्थानमा प्रहरी चौकी राख्ने कार्यलाई आवश्यक परेमा थप प्रस्ताव पठाउन सकिन्छ । जनतालाई शान्ति सुरक्षाको महसुस हुने गरी काम गर्न जनशक्ती प्राप्त मात्रा छ।

म्याग्दीमा साइवर अपराधका घटनाहरू कति छन् ? न्यूनिरकणका लागि पहल गर्न के गर्नुपर्छ ?
म्याग्दी जिल्ला पनि प्रविधीमा धैरै अगाडी गई सकेको छ, यस्को नकरात्मक प्रभाव जस्तै साईवर अपराध सम्बन्धी घटनाहरु यहाँ पनि छन् । यस्लाई न्यूनीकरण गर्न प्रविधी होस् वा सामाजिक सञ्जाल प्रयोगकर्ता आफैले सुरक्षात्मक उपाय अवलम्वन गर्नुपर्छ । जस्तै पासवर्ड कसैलाई पनि Share  नगर्ने,गोप्य राख्नुपर्ने कुरा आफैमा मात्र सिमित राख्ने,अपरिचित ब्यक्ती सँग संजालहरुमा नजिक नहुने,आफ्नो Cyber Cercle सिमित र छनौट गरी मात्र राख्ने यसमा प्रहरीले जनचेतना मूलक कार्यक्रम गर्दै आईरहेको छ । फेसबुक, टुइटर लगायतका सामाजिक संजालमा एकिन नगरी साथीको रुपमा स्वीकार नगर्ने, कुनैपनि साईवर धम्की महसुस गरेमा तुरुन्त प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दछु ।

म्याग्दीमा दुब्र्यसनीको संख्या अत्याधिक बढ्दै गइरहेको छ, जिल्ला बाहिरबाट धमाधम लागु औषध भित्रिने गाउँबाट गाँजा ल्याएर विद्यार्थी नै कुलतमा फसेका छन्, न्यूनिकरणका लागि जनचेतनाले मात्रै पुग्छ त ?
जिल्ला बाहिरबाट धमाधम लागूऔषध भित्रिएको भन्ने प्रश्न पूर्ण सत्य होईन,लागूऔषध नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय प्रतिबन्धित छ । प्रहरी एक्लैले मात्र लागूऔषध ओसार पसार तथ दुर्ब्यसनी रोक्ने सम्भव छैन समदाय,पत्रकार मित्रहरु तथा सम्पूर्ण निकायबाट सहयोग हुनु जरुरी छ । लागूऔषध नियन्त्रण गर्न Pro-active Policing अन्तर्गत रही बिद्यालय जनचेतना मूलक कार्यक्रम बिशेषत लागूऔषध नियन्त्रण सम्बन्धी नै गर्दै आईरहेको छौँ । यसमा अभिभावक पनि सजग हुनु जरुरी छ ।

Re- active policing अन्तर्गत रही लागूऔषध दुर्ब्यसन,ओसार पोसार बेचबिखन जस्ता कानून बिपरितका कार्य गर्न लागई कानूनको दायरामा ल्याई कारबाही गर्ने तथा आवाश्यक हेरी सुधार केन्द्रहरुमा पठाउने कार्य गरिरहेका छौँ । Pointed योजना नभएतापनि यस जिल्लाको समग्र शान्ति सुरक्षा अमन चयन कायम राख्न भूगोल,संरचना ,रहन सहन हेरी आवाश्यकता अनुसार यो या त्यो योजना बनाई जनताहरुले शान्ती अमनचयनको स्वास फेर्न पाउने बातावरण सिर्जना गर्नु प्रहरीको प्रमुख कर्तब्य हो र यसमा म लगायत जिल्ला प्रहरी कार्यालय म्याग्दी संवेदनशिल छ । लागूऔषध सेवन तथा ओसार पसार सम्बन्धी कुनैपनि सूचना प्राप्त भएमा तुरुन्त प्रहरीलाई सूचना यसै मार्फत अनुरोध समेत गर्दछु।

अन्त्यमा प्रहरीका थप योजनाहरू कस्ता छन् ?
अन्तमा भावी कार्य योजना अनुसार प्रहरी अहोरात्र शान्ती सुरक्षामा आफ्नो पेशालाई पेशागत रुपमा अगाडी बढाउने छ,सामाजिक सुरक्षालाई प्रत्याभूती दिलाउन हरेक समाजमा समुदायसँग साझेदारी गरी हरेक पक्षसँग सहकार्य गरि शान्ती सुरक्षा,अमनचयन गराउने लगायत जनतालाई बिश्वासिलो प्रहरीको भरोसा दिलाउने कुरामा म र जि.प्र.का.म्याग्दीका प्रत्येक कर्मचारी कट्टीबद्ध छौ भन्दै पुन नवबर्षको शुभकामना दिन चाहन्छु ।