बेनीबजार संरक्षणमा जोखिम कायमै

निरन्तरको बर्षापछि कालिगण्डकी नदीमा पानीको बाहव बढेको छ । एक्कासी बाहव बढेसँगै नदी नियन्त्रण आयोजनामा असर गरेको छ । पानीको बाहवले स्थायी संरचनामा क्षती पुगेपछि नदी नियन्त्रणको प्रयास असफल हुदाँ निर्माणधिन अवस्थामा रहेको ग्यावियन पर्खालमै ठोकिएपछि स्थानीय चिन्तित भएका छन् ।

गत आर्थिक वर्षमा ११ करोड ३२ लाख रुपैयाँमा दुई वटा प्याकेजमा ठेक्का सम्झौता भएको बजार संरक्षण योजनाको पहिलो प्याकेजको काम सकिएपछि दोस्रो प्योकज अन्र्तगतको कालीगण्डकीमा निर्माणाधीन पर्खाल बाढीका कारण भत्किएको थियो । नदी कटानका हिसावले देशकै जोखिमयुक्त सदरमुकाम बनेको बेनीमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले उपभोक्ता समिति मार्फत चारवटा प्याकेजमा भइरहेको काम बर्षासँगै नदीको सतह बढेपछि पहिलो र दोस्रो प्याकेजको अस्थायी संरचनामा क्षती पुगेपछि थप जटिल बनेको छ ।

रूपाताल संरक्षण एकीकृत विकास परियोजनाको ढिलासुस्ती, प्राविधिक र स्थानीयको समेत फरक मतका कारण निर्माणकार्य सुस्त गतिमा अगाडी बढेको संरक्षणको काम नदीमा पानीको बाहव बढेपछि थप जटिल बनेको स्थानीयको भनाई छ ।धमाधम काम भइरहेको अवस्थामा पर्वत बेनी र म्याग्दी बेनीको बीचबाट कालिगण्डकीलाई बग्ने बनाउन एक्साभेटर परिचालन गरेर खोलालाई डाइभर्सन गरिएपनि बाहवले अस्थायी संरचनामा क्षती पुगेको बेनपा–८ का अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

‘पानीको बाहवले असर गरेको छ,‘अझैपनि समयमै सम्पन्न गर्न सकिन्छ’ बराईलीले भने । बजार संरक्षणमा ब्यक्तिगतभन्दा पनि बजारबासीको हितमा केन्द्रित भएर संंरक्षणका गतिविधिमा सक्रिय हुनुपर्ने उनको भनाई छ । नदी संरक्षणलाई दिगो बनाउन आवश्यता अनुसार राजनीतिक दल, सांसद र जनप्रतिनिधिले विभिन्न निकायमा पुगेर बजेटको माग गरेपनि निर्माणधिन अवस्थामा देखिएको कमजोरीमा खुलेर बोल्न सकेका छैनन्।

हालसम्म पहिलो प्याकेजको काम सकिएको छ भने दोस्रोको करिव ५० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी दुईवटा प्याकेजको कामलाई समयमै सम्पन्न गरिने ४ नं प्याकेज अन्तरगतको उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठको भनाई छ । ‘एकमहिनाभित्र सम्पन्न गर्न सकिन्छ,‘प्राविधिक पक्षबाट निरन्तर अनुगमन आवश्यक छ’ श्रेष्ठले भने ।आफ्नै घरआगन अगाडीको कटानलाई जोगाउन आवश्यक पर्ने सम्पूर्ण शक्ती परिचालन गरिएको बताउँदै प्रतिकुल मौसम प्रमुख समस्या भएको बताए ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Monday, April 15, 2019

खोलामा आवश्यक पर्ने ढुंगा ब्यवस्थापनमा देखिएको समस्या समाधान भएकाले रफ्तारमा काम सम्पन्न गरिने बताए । यसबर्ष बेनीबजार संरक्षणको प्रयास असफल भए दिर्घकालिन असर गर्ने उनको भनाई छ । नदी कटानको सबैभन्दा जोखिम म्याग्दी जेसीजको भवनदेखि उद्योग वाणिज्य संघको मुनी रहेको छ । गतबर्षको भदौ २७ गतेको बाढीले कालीगण्डकी किनारमा निर्माणाधीन २५० मिटर पक्की पर्खाल भत्काएपछि नदीको भँगालो उक्त स्थान हुदै बगेको छ ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Wednesday, April 17, 2019

पर्वतबेनी जोड्ने पक्कीपुलबाट तिब्र गतिमा बग्ने नदीको बाहव रोक्ने नदीजन्य वस्तुको उत्खनन्मा डोजर,स्काभेटर जस्ता हेभि एक्यूभमेन्टको प्रयोग गरिएकाले पनि यसबर्ष कालिगण्डकीको बेग अपेक्षाभन्दा फरक हुने अनुमान प्राविधिक पक्षको छ । खोलाभित्र रहेका ढुंगालाई खोलाको बेग रोक्ने प्राविधिक पक्षको भनाई छ । नदी संरक्षणमा म्याग्दीबेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्यावीयन पर्खाल लगाइने सम्झौता भए अनुसार अहिले सोही अनुसार काम भैरहेको छ ।

बजार संरक्षणका लागि चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको बताइपनि परियोजना पक्षले समेत स्पष्ट बताउने गरेका छैनन् । चारवटै उपभोक्ता समितिका प्रतिनिधिले समेत परियोजनाबाट बजेटमा अलमल प्रस्तुत गर्ने गरेको बताए । प्याकेज ‘ए’का लागि ७३ लाख ८६ हजार ३ सय, प्याकेज ‘वि’ मा ७१ लाख ९ हजार, प्याकेज ‘सि’७१ लाख र प्याकेज ‘डि’ का लागि ७८ लाख रुपैयाँ रहेको छ । चारवटा प्याकेजमा सागर बरुवाल,उत्तमकुमार कर्माचार्य, कुविरकुमार श्रेष्ठ र रमेशकुमार श्रेष्ठ अध्यक्ष रहेको उपभोक्ता समितिले ठेकेदारलाई जिम्मा दिएर काम गरिरहेका छन् ।

‘अनुगमन समिति बोल्छ, परियोजनले सुन्दैन्’
बजार संरक्षण योजनाको अनुगमन गर्ने बालकृष्ण सुबेदीको संयोजकत्वमा बनाइएको अनुगमन समितिको बैठक बस्न सकेको छैन् । दैनिक दुईतीन पटकसम्म स्थलगत अनुगमनमा पुग्ने सुबेदीले उपभोक्ता समितिलाई बैठकका लागी गरिएको प्रस्ताव सुनुवाई नभएको गुनासो गरे । ’मैले पटक–पटक बैठकको अनुरोध गरेको छु,‘अहिलेको अवस्था नाममात्रै को समिति भएको छ’ सुबेदीले भने । नदीकटान प्रभावित क्षेत्रको बासिन्दा भएकाले पनि मन्त्रालयसम्म पुगेर परियोजनामा बजेटका लागि दववा दिने काम गरेपनि अनुगमन समितिले दिएका कुनैपनि सुझाव कार्यान्वयन भएको सुबेदीको गुनासो छ।

‘जहाँ जोखिम छ त्यहाँ काम नै भएको छैन्,‘सधै नदीलाई छेक्न सकिदैन्’ सुबेदीले भने । संरक्षणको नाममा नदीको छेउछाउ र बिचभागमा रहेका ठूलाठूला ढुङ्गा फुटाउनु गम्भीर कमजोरी भएको बताए । एउटै शक्तिशाली उपभोक्ता समिति गठन गरी निर्माणकार्यलाई तिब्रता दिन सकिने भएपनि चारवटा प्याकेजमा विभाजन गरिएपछि अनुगमन समितिलाई समेत सक्रिय बनाउन समस्या भएको छ । अनुगमन समितिको बैठकको प्रस्तावमा चासो नदेखाउनु,ग्यावियनमा प्रयोग गरिएका ढुंगाको आकार मापदण्डभन्दा कम हुनुले पनि उपभोक्ता समितिप्रति नै गम्भीर प्रश्न उठेको छ । बजार संरक्षणमा बेनी नगरपालिकाका जनप्रतिनिध र निर्वाचिन सांसदले समेत टुलुटुलु हेरिरहेका मात्र छन् ।

नदी संरक्षणका केही गम्भीर कमजोरी
ग्याविनमा प्रयोग गरिएको ढुङ्गाको साईज सानो छ । ग्याविनबाट सजिलै ढुङ्गा निकाल्न सकिन्छ । उत्तरी म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको बेनी–जोमसोम– कोरला सडकमा विष्फोटक पदार्थको प्रयोग गरी नदीमै फालिएका ठुला ढुङ्गालाई बर्खाको समयमा कालिगण्डकीको बेगसँगै ग्याविनममा प्रहार भएमा सबैभन्दा पहिले कमजोर संरचना ध्वस्त हुन्छ। रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख तथा अन्य प्राविधिक टोलीको गैरजिम्मेबारीका कारण बजार संरक्षण चूनौतीपूर्ण देखिएको छ ।

बजार संरक्षण गर्न ग्यावियन जाली लगाउने बहानामा उपभोक्ता समितिले घुमाउरो शैलीमा ठेकेदारमार्फत उपकरण प्रयोग गरेर नदीमा जमेर बसेका ठूलाठूला ढुङ्गालाई फुटाउनु,उपभोक्ता समितिबाटै ठेकेदारको भूमिका निर्वाह गर्नु जस्ता कार्यले समेत बजार संरक्षणमा गम्भीर प्रश्न उठेका छ । अर्को तर्फ ग्याविन जाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिलाई परियोजना पक्षको समेत मिलेमतोले देखिएको छ ।

परियोजना पक्षले बजार संरक्षणमा भइरहेको कुनैपनि कामको गुणस्तर मापनमा चासो देखाएको छैन् । यता उपभोक्ता समितिले नगरपालिकाबाटै असहयोग भइरहेको दावी गरेको छ । नदीबाट ढुङ््गा निकाल्न नदिने र ल्याउने ठाउँमा समेत अवरोध हुने गरेकाले काम समयमै सम्पन्न हुन नसक्नुमा नगरपालिका जिम्मेबारी हुनुपर्ने तर्क राखेको छ ।

नदी संरक्षणमा जलजला अगाडी
जलजला गाउँपालिकाको बगरफाँट र पर्वत बेनी बजार संरक्षण योजनाको कामले तिब्रता पाएको छ । स्थानीयको चासो र आफ्नो क्षेत्रलाई संरक्षणमा एकजुट भएका छन् । जलजला गाउँपालिका क्षेत्रमा कालिगण्डकी नदी नियन्त्रण योजनाका लागि यस वर्ष एक करोड पचास लाख रुपैयाँ विनियोजन भएको छ। दुई वटा उपभोक्ता समिति मार्फत बगरफाँट र पर्वत बेनीमा नदी किनारमा ग्यावियन पर्खाल निर्माणको काम करिव अन्तिम चरणमा छ ।

बगरफाँटमा १३५ मिटर र पर्वतबेनीमा १२० मिटर कालीगण्डकी किनारमा ग्यावीयन पर्खाल निर्माणको कार्य भइरहेको पर्वतबेनीका हेमन्त थापाले बताए । उनका अनुसार नदीकटानको जोखिमलाई न्यूनिकरण गर्ने प्रयासलाई प्रभावकारी बनाइएको बताए । उनले नदीबाट दुवै जिल्लाको बजारलाई संरक्षणमा सहकार्य भइरहेको बताए । कालीगण्डकी नदीबाट ढुङ्गा निकालेर ग्याविन लगाउनु उपयुक्त नभएकाले पनि पर्वतबेनीमा खोला आसपासमा रहेका ढुङ्गा निकै कम प्रयोग गरिएको छ ।