बहराईन जेलमा रहेका भकिम्लीका दिलिपको घर फिर्तीको प्रयास जारी

बेनी नगरपालिका–३ भकिम्ली खाराका दिलिप परियारलाई कैद मिनाहको पहल गर्न म्याग्दी उद्धार समिति बहराइनले निरन्तर प्रयास गरेपनि उपलब्धीमुलक बन्न सकेको छैन् । विगत पाँचबर्ष देखी जेल सजाय भोगिरहेका परियारलाई घर फिर्तीको वातावरण बनाउन बहराइन सरकारलाई सजाय मिनाहको पहल गरिदिन नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टलाई नै भेटेर समेत अनुरोध गरेपनि बहराईनको कानुनका कारण समस्या भएको त्यहाँ रहेका म्याग्देलीको भनाई छ ।

‘यहाँका कानुन ब्यवसायीसँग पनि छलफल गरेका छौ, नेपाल सरकारबाटै पहल गनुपर्छ’ म्याग्दी उद्धार समितिका अध्यक्ष लोक राम्जाली मगरले भने । उनले अदालती फैसलापछिको कैद मिनाह प्रक्रियानै जटिल भएकाले पनि नेपाल सरकारबाटै मन्त्रीपरिषद्को बैठक लगाएत सरकारी एजेन्डा बन्नुपर्ने बताए ।

बहराईनका कानुन ब्यवसायीले अदातलको फैसलापछिको प्रक्रियामा सहयोग गर्न अस्वीकार गरेपछि म्याग्देलीको प्रयास सफल हुन सकेको छैन् । सातबर्ष अगाडी बहराइनमा पुगेका परियारलाई विदेशी यूवतीलाई कुटपिट गरेको अभियोगमा बहराइनको आश्री जेलमा १५ बर्षे सजाय काटिरहेका परियारको घरायसी अवस्था लगाएत घटनाका बारेमा नेपाली राजदुत पदम सुनदासलाई समेत सहयोगको अपिल गरेका थिए ।

दिलिपको परिवारमा आमाबुबा, श्रीमति र दुई छोराछोरी छन् ।गाउँमै रहेको बालप्रिय शारदा आधराभुत विद्यालयमा छोराले कक्षा ४ र छोरीले कक्षा २ मा अध्ययरत छन् । दुईवटा छोराछोरीलाई शिक्षादिक्षा, घरखर्च, लत्ताकपडा लगाएत आवश्यक खर्च जुटाउन समेत मुस्किल भइरहेको छ । यता दिलिपका परिवारले घरमा नियमित पैसा पठाउने छोरा नै जेलमा परेपछि समस्या भइरहेको बताएका छन् । जेलबाट केही घरखर्च पठाउने गरेपनि घर फिर्ती अभियानमा सहयोग गर्न अपिल गरेका छन् । बहराईनका परियारसँगै एक नेपालीको हत्यामा संलग्न अर्का म्याग्देली जेलमा छन् ।