आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत भलिबलमा गण्डकीको जित

आठौं राष्ट्रिय अन्तरगत आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय सुरुवात गरेको छ । गण्डकी प्रदेशबाट दुवै समुहमा म्याग्दीका खेलाडीको समेत सहभागिता रहेको छ । नेपालगञ्जको खजुराहमा बिहिबार सम्पन्न खेलमा गण्डकी प्रदेशले प्रदेश २ संग २५–१७ ले जितेको गण्डकीले दोश्रो सेट भने १९–२५ ले गुमायो ।
तर गण्डकी पुनः खेलमा फर्कदै तेश्रो सेट २५–१७ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको खेलकुद प्रशिक्षक तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार प्रतियोगितामा म्याग्दीमा जन्मिएर राष्ट्रिय खेलमा सहभागी अरुणा शाही, रेविना घर्ती र पवित्रा जिसी सहभागी छन् भने पुरुष तर्फ सुजन चोखालको उपस्थिती रहेको छ । प्रतियोगितामा प्रदेश ३ लाई समेत गण्डकी प्रदेशले पराजित गरेको छ । त्यस्तै महिलाले प्रदेश २ लाई पराजित गरेको छ । भलिबलमा गण्डकीले उपाधी जित्ने गरी तयारी गरेको बताउँदै प्रशिक्षण सहित अनुभवी खेलाडीको उपस्थितीले समेत सहज भएको प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।