प्रथम चिनाकोट कपको उपाधी आयोजकको पोल्टामा

एतिहाँसिक चिनाकोट दरबारको प्रचारप्रसार गर्ने उदेश्यले आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएका छ । नयाँ बर्षको अवसरमा बाईसेचौविसे राज्यको पालमा स्थापित चिनाकोट दरबार प्रचारप्रसार र पूर्वाधारको अभावमा अलपत्र परेपछि मंगला गाउँपालिका वडा नं ३ बरंजा खानीगाउँमा समाजमैत्री यूवा क्लवले आयोजना गरेको प्रथम चिनाकोट फुटसल कपको उपाधी आयोजकले जितेको छ ।

प्रतियोगितामा मंगला यूवा क्लव बावियाचौर उपविजेतामा सिमित भएको छ । प्रतियोगितामा विजेता र उपविजेताले क्रमश नगद रु १० हजार, ६ हजार, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै सर्वाधिक गोलकर्ता जिबन मगरले ६ गोल गरेका थिए । प्रतियोगितामा जिवन मगर उत्कृष्ट खेलाडी, गोलरक्षक अनिश क्षेत्री, उत्कृष्ट डिफेन्डर आदित्य केसी घोषित भएका थिए ।

खेलकुदसँगै दरबारमा पूर्वाधारको खोजीमा आयोजित प्रतियोगिताको वडा नं ३ का अध्यक्ष कविन्द्र रोकाले उद्घाटन गरेका थिए । वडा कार्यालयबाट विनियोजित १ लाख ५० हजार बजेटबाट खाली चौरको सदुपयोग गरी निर्माण गरिएको खेलकुद मैदानमा प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दर्पण रोका मगरले बताए । उनका अनुसार दरबारलाई नयाँ स्वरुपमा निर्मित गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सकिने बताए ।