मोना जापानले भलिबल खेलाडी मान बहादुरलाई विदाई

नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मान बहादुर श्रेष्ठलाई मोना जापानले विदाई गरेको छ । मोनाको निम्तोमा जापानमा आयोजित प्रतियोगितामा सहभागी हुन पुगेका श्रेष्ठलाई मोनाले स्वागत तथा आफ्नो तर्फबाट प्रतियोगितामा सहभागी गराएको थियो ।ओपन स्पाईकर मन बहादुरले जापानमा पाँचौ सिल्भर रनिङ कप भलिबलमा मोनाको समुहबाट खेलेका थिए ।

गल्कोट स्पोर्ट्स क्लब टोकियोको आयोजनामा बुधबार सम्पन्न भएको प्रतियोगितामा मोनाले उपाधी जित्न नसकेपनि प्रतियोगितामा मान बहादुरले उपाधीका लागि गरेको प्रयासलाई मोनाले प्रशंसा गरेको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।  विदाई कार्यक्रममा मोना जापानका अध्यक्ष दिपक कार्कीले खेलकुदमा मोनाको प्राथकिता अनुसार राष्ट्रिय खेलाडीलाई निम्तो दिएको बताउँदै आगामी दिनमा पनि निरन्तर सक्रियता देखाउने बताए ।

उनले खेलमा हारजीत भएपनि खेलकुदको माध्यमबाट नेपाली बीचको एकता र सहकार्य बढ्ने बताए । सोही अवसरमा मोना आइसीका कोषाध्यक्ष राम खड्का,एशिया प्यासिफिकका संयोजक दधीवल खड्का लगाएतको उपस्थिती रहेको थियो। प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुदका लागि नेपाल आउने गरी जापानमा पुगेका मनबहादुरले म्याग्देलीको तर्फबाट खेलमा सहभागि हुने अवसरबाट उत्साहित भएको बताए । मान बहादुर त्रिभुवन आर्मी क्लबका कप्तान समेत हुन् ।