अष्ट्रेलियाबाट स्वर्गीय चोखाल परिवारलाई ३ लाख ६२ हजार सहयोग

उपचारको क्रममा ज्यान गुमाएका बेनी नगरपालिका वडा नं ९ नेप्टेचौरका स्वर्गिय हरिबहादुर चोखालका छोराछोरीलाई पालनपोषण र शिक्षादिक्षाका लागि घतान पुला समाज म्याग्दी अष्ट्रेलियाले आर्थिक सहयोग गरेको छ । आर्थिक रुपमा अत्यन्तै दयनीय स्वर्गीय चोखालको उपचारकै क्रममा ज्यान गएपछि अभियान सुरू गरेको समाजले संकलन गरेको ३ लाख ६२ हजार १५१ एक कार्यक्रमका बीच सहयोग चोखाल परिवारलाई हस्तान्तरण गरिएको छ ।

बेनपा– ९ वडा अध्यक्ष बेल बहादुर चोखाल, समाजसेवी गंगा बहादुर बानियाँ, ओमबहादुर चोखाल, राष्ट्रिय माविका शिक्षक शंकर चोखाल, स्वर्गीय चोखालकी श्रीमति अञ्जना लगाएतको उपस्थिती रहेको थियो । पुला समाज अस्टेलियाका अध्यक्ष निर्मल बानियाँले आर्थिक अभावका कारण शिक्षादिक्षा र बालबालिकाको शिक्षादिक्षामा सहज हुने गरी दुई हप्तामा संकलन गरिएको बताए ।

उनले आर्थिक सहियोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं भविस्यमा पनि सामाजिक कार्यमा सक्रिय हुने बताए ।‘अभिभावक गुमाएपनि बालबालिकालाई शिक्षादिक्षामा राहत हुनेछ,‘आर्थिक सहयोग गर्ने सम्पूर्णप्रति आभारी छौ’ बानियाँले भने । समाजले शिक्षा, स्वास्थ्य सहित मानवीय सेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । सहयोग रकम बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थामा पाँचबर्षे मुद्धतीमा राखिएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए । उनका अनुसार सहयोग रकमलाई स्थानीय जनप्रतिनिधि सहितको उपस्थितीमा मुद्धतीमा राखिएको बताए ।