चट्याङ लागेर रूम बिलवाङमा ६ जना घाईते

Del6415536

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ बिलबाङमा चट्याङ लागेर ६ जना घाईते भएका छन् । सोमबार साँझ करिव पाँच बजे चट्याङ लागेर घाईत भएका टकसरा पुन, खकेन्द्र पुन, पवित्रा पुन, मिरा कुमारी पुन, दिवस पुन र कमानसिंह पुन रहेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार चट्याङले घाईते भएकालाई गाउँबाट रुमकै अधिभारसम्म ल्याएर तहाँबाट सवारीसाधनको प्रयोग गरी प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याइएको बताए ।  घाईतेमध्ये मिरा, दिवस र पवित्राको अवस्था जटिल भएपनि दरवाङमै उपचार भइरहेको छ । चट्याङको थप क्षतीका बारेमा गाउँपालिका भित्रका अन्य वडामा समेत बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।