किमचौरमा सुटिङ गरिएको पञ्चेवाजा ‘रातो टिकामा’ बजारमा

म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनको किमचौरमा सुटिङ गरिएको पञ्चे बाजा  यूटुवमार्फत सार्वजनिक गरिएको छ ।  ग्लोवल आइएमई बैंकको बेनी शाखामा ७ बर्ष कार्यरत शर्माले म्याग्दी जिल्ला मौलिक कलाको धनी भएकाले पञ्चेबाजालाई सुटिङ गरेको बताए । विवाहको लगन सुरू भएसँगै बैशाख १ गते सार्वजनिक भएको गीतले यूवापुस्तालाई मौलिक पञ्चेबाजाका बारेमा जानकारी गराउने गायक समेत रहेका शर्माले बताए।

विवाहमा समेत पञ्चेबाजाभन्दा हिन्दुगीत घन्काउने गरिन्छ,‘यूवापुस्तालाई मौलिक पञ्चेबाजाले आर्कषित गर्नुपर्छ’ शर्माले भने । उनले नयाँ पुस्तामा प्रेम र अदालती माध्यमबाट विवाह रोज्ने प्रचलन बढिरहेको अवस्थामा नेपाली समाजमा बाहुल्यता रहेको मागी विवाहलाई समेत गीतमा स्थान दिएको बताए । उनले यसबर्षको विवाहमा पञ्चेबाजाले राम्रो बजार लिने अपेक्षा गरेको बताए ।  पञ्चेबाजाको सुरुवातदेखि अन्त्यसम्म बेहुलीलाई सम्बोधन गरिएका शब्दहरूले एकताको सन्देश समेत प्रवाह हुने बताए ।

गीत सार्वजनिक भएको सार्वजनिक भएको दुई दिनमै स्रोत तथा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको बताए । गीतमा म्याग्दीकै प्रविन खत्रीको शब्द, प्रकाश र प्रविणको लय, दुर्गामायाँ रोका र प्रकाशको सुमधुर आवाजमा सजिएको छ । लोकगीतको क्षेत्रमा चर्चित मोडल सारिका केसी र गायक शर्माको अभियान रहेको गीतमा कुमार केसीको निर्देशन, महेश महराको छायांकनमा हमाल म्यूजिकले बजारमा ल्याएको हो ।