मंगलालाई अर्गानिक भिलेज बनाउँछौ :अध्यक्ष रोका

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले कृषि क्षेत्रमा सम्भावना भएकाले अर्गानिक भिलेज बनाउने अभियानमा जुटेको बताए । उनले विकास निर्माणका गतिविधिसँगै कृषि क्षेत्रको विकास गर्ने गरी फोहोरलाई मोहोर, मानव मलमुत्र संकलन तथा प्रयोग लगाएतका गतिविधिलाई तिब्रता दिएको बताए । उनले गाउँपालिका भित्रओझेलमा परेका गतिविधिहरुलाई बाहिर ल्याउन आग्रह गरेका छन् । शुक्रबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष रोकाले गाउँपालिकालाई कृषि खेतीमा आत्मनिर्भर बनाउने अभियानलाई कृषकहरुमाझ पु¥याउन र पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्न सकेमा प्राथमिकताका आधारमा पूर्वाधारहरु निर्माण गर्न सकिने बताए । उनले गाउँपालिकाले गरेका सकारात्मक गतिविधिलाई प्रचारप्रसार एवं कमीकमजोरीलाई खबरदारी गर्न आग्रह गर्दै स्थानीय तहको अभ्यासको क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने धारणा राखेका थिए ।

पश्चिम म्याग्दी क्षेत्रमा मंगला गाउँपालिकालाई अर्गानिक भिलेज, पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने, युवा जनशक्तिलाई पलायन हुनबाट रोक्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउने जस्ता योजनाहरु रहेको अध्यक्ष रोकाले बताए । आगामी वर्षको बजेटमा पाँचवटै वडाका समस्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले स्थानीय तह सञ्चालनमा कर्मचारीको अभावले समस्या भएको बताइन् । उनले चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट तथा बनाइएका कार्यक्रमलाई आउँदो जेठ महिनाभित्रै सम्पन्न गर्नेगरी अगाडि बढिएको बताउँदै तालिमबाट उत्पादन हुने जनशक्तिलाई गाउँपालिकाका गतिविधिहरुमा आबद्ध गराएर सक्षम बनाइने बताएकी छिन् । उनले स्थानीय तहको बजेटले मात्रै अपुग हुनेहुँदा प्रदेश र केन्द्र सरकारले पनि कृषि, पर्यटनका क्षेत्रमा पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले स्थानीय तहलाई सफल बनाउनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले सञ्चार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट विनियोजन गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले संघीयताको कार्यान्वयनसँगै गाउँघरमा आएका सरकारको निगरानी, खबरदारी र रचनात्मक कामको प्रवद्र्धन गर्नका लागि पत्रकारिता गाउँकेन्द्रित भएको बताएका थिए ।

मंगला गाउँपालिकाको सहयोग, म्याग्दी मिडिया सोसाइटीको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा आधारभूत पत्रकारिता तालिम चलाइएको आयोजकले जनाएका छन् । दुई दिनसम्म चल्ने तालिममा गाउँपालिकाको ५ ओटै वडाबाट २९ जना सहभागीहरुको प्रतिनिधित्व रहेको छ । तालिमको उद्घाटनसत्र म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

त ा िल म क ा े तारानाथ शर्मा, घनश्याम खड्का, सुदर्शनकुमार श्रेष्ठ, कमल खत्री, सन्तोष गौतम, हरिकृष्ण गौतम, अमित विश्वकर्मा, ठाकुरप्रसाद आचार्य र प्रताप बानियाँले सहजीकरण गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि रघुगंगा गाउँपालिकाको मौवाफाँट, अन्नपूर्णको पोखरेबगर र धौलागिरीको मुनामा आधारभूत पत्रकारिता एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन भैसकेको छ ।