रित्तो बन्यो नयाँ घर, विरहमा पुरानो घर…

प्रेम सुनार/भर्खरै बुटवलको शंकरनरगरमा नयाँ घर बनेको थियो । उमेरमा ३५ पनि नकाटेका दम्पती । श्रीमान् भारतिय सेनाका लाहुरे, छुट्टीमा आएका बेला नयाँ घर सिंगार्न र घुमघामको पनि चटारो थियो । त्यही क्रममा १० दिनअघि दुई सन्तानसहित पुर्खेयौली घर गुल्मीको मालिका गाउँपालिका– ३ ह्वाङ्गदीमा बाबुआमा , दाजुभाइ, ईस्टमित्र भेट्न आएका थिए ती दम्पती । नयाँ घर भएकोले पनि चैतेदशैँ उतै मनाउने गरी उनीहरु बिहीबार विहान दर्लिङ्गबाट बुटवलका लागि छुटेको जीपमा चढे ।

त्यसको केहीबेरमा त्यो नयाँ घरमा सर्ने सपना मात्रै चकनाचुर भएन, त्यो सुखद दाम्पत्य जीवनमा नै पूर्णविराम लाग्यो । ती दम्पती थिए ह्वाङ्गदी गाउँका ३२ बर्षीया सूर्य थापा र २६ वर्षिया कौशिला थापा ।घटना बिहीबार बिहानको हो । करिव ८ बजेको समयमा मालिका गाउँपालिका– २, दर्लिङ्गबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा परेलगत्तै उनीहरुको दाम्पत्य जीवनमा पूर्णविराम लागेको हो ।

सदरमुकाम तम्घासमा शव बुझ्न आएका दरदाजु भाइमध्येका लालबहादुर थापा भन्छन– ‘बुटवलमा बन्दै गरेको नयाँ घरमा चैतेदशँै मनाउने गरी आज बिहान हिँडेका हुन्, हिडेको केहीबेरमै त्यस्तो दुखद घटनाले उनको घर मात्र होईन, सिंङ्गो ह्वाङ्गदी गाउँ नै यतिबेला विरहमा परेको छ ।’उनले भारतीय सेनाबाट बिदामा आएको बेला बुटवलबाट ती दम्पती १०/१२ दिनअघि मात्र घर आएको बताए ।

श्रीमतीको मृत्युपश्चात घाईते श्रीमान थापाका लागि नयाँ बनेको घर पनि रित्तो बनेको छ । दुई नावालिका छोरीहरु पनि बेसहारा बनेका छन् ।प्रत्यक्षदर्शी एवं उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा ल्याउने स्थानीयवासी गोविन्द घिमिरेका अनुसार दम्पत्तीबीच अन्तिम बोलीका क्रममा उनिहरुले भनेका थिए– ‘के गर्नु हाम्रो भाग्य यस्तै रैछ.. ।’

मालिका गाउँपालिका– २, दर्लिङ्गबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका– १, नेटा च्याँनडाँडामा दुर्घटना हुँदा थापापत्नीसहित गुल्मीकै धुर्कोट गाउँपालिका ५, बस्तु निवासी ७१ वर्षीय पुर्वसांसद रुद्रमणि शर्मा भण्डारीको पनि ज्यान गएको छ ।त्यस्तै मालिका गाउँपालिका– १ नेटाका ८ बर्षिय बालक ओश्कन भण्डारीको पनि ज्यान गएको छ । बालक बिक चैतेदशैँ मान्न वामी मैदनस्थि मावली घरमा एक्लै जाँदै थिए । news24nepal.com