म्याग्दी उद्योग वाणिज्य संघले पयो उत्कृष्ट सम्मान

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं साधारणसभाको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघ सम्मानित भएको छ । काठमाण्डौमा सम्पन्न साधारणसभाको अवसरमा महासंघ अन्तरगत देशभर रहेका ‘ख’ बर्गका संघम अन्र्तगत देशभरबाटै उत्कृष्टको सम्मान प्राप्त गरेको हो । बिहिबार आयोजित साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओली र महासंघकी भवानी राणाले संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई कदर पत्रले सम्मान गरेका हुन् ।

म्याग्दी उद्योग वाणिज्य संघले उद्योग ब्यापारीको हकहितसंगै पर्यटन सहित सामाजिक तथा मानवीय गतिविधिमा समेत सक्रिय भएको भन्दै सम्मान गरेको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार संघ मार्फत पर्यटन क्षेत्रको प्रर्वधन सहित विभिन्न रचनात्मक कार्यलाई समेत प्रशंसा गरिएको थियो ।

सम्मानि भएपछि अध्यक्ष कर्माचार्यले संघका गतिविधिलाई आगामी बर्ष समेत पर्यटन तथा धार्मिक क्षेत्रको विकास सहित अन्य आवश्यक क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउने बताए । उनले म्याग्दी भ्रमण बर्षले देशभर जिल्लालाई थप प्रचारप्रसार गरेको बताए । साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, द्धितिय उपाध्यक्ष शाक्यको उपस्थिती रहेको छ । महासंघ अन्तरगत ख बर्गका देशैभरी ४८ संघ रहेका छन् ।