म्याग्दीको प्रचारप्रसारमा कतारस्थित नेपाली दुतावासले सघाउने

म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसार सहित घर विदामा एकपटक घुम्न जाने गरी अभियान सञ्चालन गर्नुपर्ने कतारका लागि नेपाली राजदुत प्रोफेसर रमेश कोइरालाले बताएका छन् । विश्वकै सातौं अग्लो धौलागिरी हिमाल, धार्मिकस्थल गलेश्वर सहित मुस्ताङ जाने प्रवेशद्धारसमेत म्याग्दी भएकाले पर्यटकीय र धार्मिक सम्भावनालाई उजागर गदैं नेपाली समुदायसंगै कतारका जनतालाई समेत नेपाल भ्रमणको निम्तो दिन सकिने बताएका थिए ।

कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारको नयाँ कार्यसमिति चयनसंगै परिचय कार्यक्रममा राजदुत कोइरालाले म्याग्दीका बारेमा परिचित रहेको बताएका थिए । भेटघाटमा कतारमा म्याग्देलीको एकता र सहकार्यलाई नजिबाट नजर लगाएको बताउँदै विभिन्न जिल्लाबाट कतारमा आएका नेपाली बीचको एकतालाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । भेटघाटको अवसरमा नव निर्वाचित अध्यक्ष तिलु शर्मा पौडेलले म्याग्दीको भ्रमणसंगै जिल्लाभित्रका महत्वपूर्ण गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले मोना मार्फत कतारमा गरिएका गतिविधिसंगै भविस्यमा पनि दुतावाससंगै सहकार्य गरी अगाडी बढ्ने बताए ।

आगामी अप्रिल २६ तारिकमा १० लाख बराबरको अक्षयकोष स्थापनार्थ आयोजन ागर्न लागेको शुभकामना आदानप्रदान तथा विविध सांस्कृति कार्यक्रममा प्रमुख आतिथ्यताको निम्तो समेत दिइएको संरक्षक विक्रम कार्कीले बताए। उनका अनुसार मोनाको भेटघाटलाई भविस्यमा पनि निरन्तरता दिने राजदुत कोइरालाले चाहना ब्यक्त गरेको बताए । कार्यक्रममा प्रमुख सल्लाहकार रमेश पौडेल, महासचिव थम कुमार गिरी, कार्यसमिति एवम् सांस्कृतिक विभाग संयोजक महेन्द्र बोहोरा लगाएतको उपस्थिती रहेको थियो ।

मोना कतारले रोजगारको सिलसिलामा विरामी भएकालाई उपचार, दुर्घटनामा ज्यान गुमाएकाको शव घर फर्काउने अभियान सहित जन्मभूमिमा समेत विभिन्न सामाजिक कार्य गर्ने गरेका छन् । यसैबीच नयाँ कार्यसमितिले कतारमा रहेका म्याग्देलीको आधिकारि तथ्याङ्क संकलन गरी दुतावासलाई समेत जानकारी गराउने जनाएको छ । कतारको दोहा, सनैया,रस्लाफान, होमसाईड, सहानिया सहित विभिन्न सहरमा करिब ५ हजार म्याग्देली रहेको अनुमान गरिएको छ ।