धवलागिरीका ब्यवसायीको प्रारम्भीक भेला, अध्यक्षमा किरण थापा

गोपाल आचार्य/ ग्रामिण क्षेत्रमा स्थापित साना उद्योगको प्रर्वधनमा म्याग्दी उद्योग वाणिज्य संघले सघाउने गरी स्थानीय तहमा सञ्जाल विस्तारलाई तिब्रता दिएको छ । एकल तथा सामुहिक लगानीमा सञ्चालित घरेलु उद्योगबाट उत्पादन गरिएका बस्तुको बजारीकरणलाई ध्यान दिनुपर्ने बताएका थिए ।

शनिबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको धवलागिरी गाउँपालिकास्तरीय प्रारम्भीक भेलाको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिका भित्र साना उद्योग स्थापनासंगै कृषि, पर्यटन, जडिबुटीलाई प्राथमिकता दिएर उद्योग स्थापना गर्न अनुरोध गरे । उनले छिमेकी रुकुम र बागलुङको ढोरपाटन जोड्ने क्षेत्र भएकाले पनि यहाँ विस्तार गरिएका पूर्वाधारले पर्यटकलाई आर्कषित गर्न सकिने बताए ।

संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले धवलागिरी गाउँपालिकाभित्रका ब्यवसायीलाई निरन्तर सहयोग गर्ने बताए । त्यस्तै पूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले सम्भावना भएका क्षेत्रलाई लक्षित गरी साना उद्योग स्थापना गर्न सकिएमा सहज हुने बताए । उनले म्याग्दीभित्र सम्भावना भएका क्षेत्रमा विगतमा पनि संघले निरन्तर सहयोग तथा कार्यक्तम गरेको बताए । कार्यक्रममा घरेलु तथा साना उद्यो कार्यालकी प्रमुख सरिता गौतमले समेत मन्तब्य राखेकी थिईन् ।

भेलाले किरण थापाको अध्यक्षतामा प्रारम्भीक गाउँपालिकास्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विर्सना मल्ल, सचिव तेजेन्द्र थापा, कोषाध्यक्ष हेमबहादुर थापा सहित १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाको अध्यक्षता संघका अध्यक्ष कर्माचार्य, महासचिव लिलाराम गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष झकबहादुर छन्त्याल, वडा नं ३ का पूर्म पुन र वडा नं ७ का अध्यक्ष कलानिधि शर्मा लगाएतको उपस्थिती रहेको थियो ।