बेनीमा मुक्तिनाथ बैंकको शाखा उद्घाटन

मुक्तिनाथ विकास बैंकको बेनी शाखाको औपचारिक उद्घाटन गरिएको छ । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवामार्फत सेवाग्राहीलाई आर्कषित गरिरहेको बैंकको बिहिबार एक कार्यक्रमका बीच बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले शाखाको उद्घाटन गरेका थिए ।

बेनी नगरपालिका वडा नं ८ क्याम्पचोकमा आयोजित कार्यक्रममा बोल्दै्र नगरप्रमुख श्रेष्ठले बजारसगै ग्रामिण बस्तीमा लगानीको प्राथमिकता दिनुपर्ने बताए । उनले बैंकिङ क्षेत्रबाट गरिने लगानीले आर्थिकस्तरमा परिवर्तन आउने बताए । गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्योग ब्यवसायमा वित्तिय क्षेत्रबाट सन्तुलित ब्याजदर कायम गर्नुपर्ने बताए । उनले उत्पादनमुखी क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । बेनी नगरपालिकाका वडा अध्यक्षको तर्फबाट बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, म्याग्दी बहुमुखी क्याम्पस प्रमुख टिकराम सापकोटा, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले मन्तब्य राखेका थिए ।

बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिकउत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि व्यक्त गरे । बैंकले ४० प्रतिशत रकम उत्पादनशिल क्षेत्रमा लगानी र ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको छ ।

शाखा स्थापनासंगै कारोबार सुरु गरेयता एक महिनामै ४ सयको हाराहारीमा सेवाग्राहीले खाता सञ्चालन गरेको शाखा प्रबन्धक सुदिप घिमिरेले बताए । ३८ अर्व १४ करोड निक्षेप, कर्जा ३२ अर्व ९८ करोड रहेको छ । बैंकको देशभर १ सय १४ शाखा, २२ वटा एटिएम र करिब ६ लाख ग्राहक रहेको जनाइएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षा मल्ल र सञ्चालन अधिकृत नगेन्द्र शर्माले गरेका थिए ।