म्याग्दी समाज न्यूयोर्कको अध्यक्षमा शेरपुञ्जा

म्याग्दी समाज न्यूयोर्क यूएसएको प्रथम अधिवेशनबाट भविन्द्र शेरपुञ्जाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिको बरिष्ठ उपाध्यक्षमा रशेम तुलाचन, महिला उपाध्यक्ष स्कला केसी, सचिवमा याम पुन मगर, कोषाध्यक्ष तिर्थ घर्ती, सहकोषाध्यक्ष दिपिका छन्त्याल रहेका छन् ।

रोजगार, ब्यापार तथा शिक्षाको सिलसिलामा न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले गठन गरेको संस्थाको कार्यसमिति सदस्यमा नरजंग थापा, लाल पुन, देवी पुन,रोशन गौचन, चक्रबहादुर पाईजा, सुजल छन्त्याल रहेबका छन् । कार्यसमितिका दुई सदस्यलाई अर्को बैठकले मनोनयन गर्ने सदस्य चक्रप्रसाद पाईजाले बताए । अधिवेशनबाट सल्लाहकारमा कर्ण रोका, मनप्रसाद रोका, उपसमिति अन्तरगत महिला संयोजक कमल पुन, खेलकुद संयोजक हरि राना, सांस्कृतिक संयोजक मिलन पुन, नौमति बजा संयोजक नारायण रोका र सदस्यता संयोजक सोम बुढाथोकी रहेका छन् ।

अधिवेशनले जिल्लाका सबै स्थनीय तहका संयोजक समेत तोकेको छ । जस अन्तरगत बेनी नगरपालिका दिपक केसी, अन्नपूर्ण गाउँपालिका रस्मिता पुन, मंगला गाउँपालिका यज्ञ रोका (यमन), मालिका गाउँपालिका गोविन्द पुन, धवलागिरी गाउँपालिका देव पुन चयन गरिएको छ । अर्को बैठकले रघुगंगा गाउँपालिका प्रतिनिधि चयन गर्ने कार्यसमिति सचिव याम पुनले बताए ।

अधिवेशनबाट पुन अध्यक्षमा निर्वाचित भएका शेरपुञ्जाले जन्मभूमिमा विगतमा जस्तै शिक्षा, स्वास्थ्य सहित विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने बताए । समाजले म्याग्दीमा बाढीपहिरो प्रभावितलाई राहतका साथै गतबर्ष अन्नपूर्णको शिख, बेनी नगरपालिकाको भकिम्ली र मंगला गाउँपालिका भित्रका सबै पाँच वडाका जनतालाई निशुल्क स्वास्थ्य शिविर सहित औाषधी तथा उपकरण वितरण गरेको थियो ।