कविर छन्त्यालको समुहले डेनमार्कमा जित्यो ब्याडमिन्टन प्रतियोगिता

डेनमार्कमा सम्पन्न चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगितामा म्याग्दीका कबिर बहादुर छन्त्यालको समुह प्रथम भएको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति डेनमार्कले हरेक बर्ष आयोजना गर्ने प्रतियोगितामा मालिका गाउँपालिका वडा नं ४ ओखरबोट छापाखानी स्थायी घरभई हाल डेनमार्कमा बसोबास गर्ने छन्त्याल र धादिङका प्रमोद रिमालले पुरुष डबलतर्फ प्रथम स्थान हात पारेका हुन् ।

डेनमार्कमा रहेका नेपाली बीचको एकता, सहकार्य तथा खेलकुद गतिविधिमार्फत सम्बन्ध स्थापित गर्ने सम्पर्क समितिले आयोजना गरेको प्रतियोगितामा ‘ए’ समुहबाट छन्त्यालको जोडीले प्रथम स्थान हासिल गदैं नगद २७ हजार ५५५ रुपैयाँ,मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । ‘उपाधी जित्दा धेरै उत्साहित छु,‘खेलकुद गतिविधिबाट पनि प्रवासमा चिनिन सजिलो छ’ छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनले विगतमा समेत ब्याडमिन्टन प्रतियोगितामार्फत एकल र डबलमा विभिन्न उपाधी जितेका छन् । उनले भविस्यमा समेत ब्याडमिन्टन खेलमा निरन्तर सहभागीता जनाउने बताए । उनले डेनमार्कमा रहेका म्याग्देली बीचको सहकार्य तथा संस्थागत गतिविधिमा सहभागी हुन सकेमा नेपाली समुदाय बीच हुने खेलकुद प्रतियोगितामा समेत अपेक्षा गरे अनुसारको उपाधी जित्न सकिने बताए ।
.