मोनाको अक्षय कोषमा स्पेनबाट ४ लाख ३६ हजार सहयोग

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले पिडित महिला तथा बालबालिकाको सहयोगार्थ स्थापना गरेको १ करोडको अक्षय कोषमा मोना स्पेनले ४ लाखभन्न्दा बढी सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा रहेको केन्द्रिय कार्यालयमा मोनाका संरक्षक सुवासकुमार श्रेष्ठलाई मोना स्पेनका सल्लाहकार लालबहादुर केसीले ४ लाख ३६ हजार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कमाचार्यले मोना मार्फत जिल्लामा भइरहेका गतिविधिलाई थप प्रभावकारी बनाउन अनुरोध गरे । उनले मोना आइसीसंगको सहकार्यमा लभ्लीहिलसम्म पुग्ने पदमार्गको निर्माणकार्यलाई समेत तिब्रता दिएको बताए ।त्यस्तै प्रमुख अतिथि श्रेष्ठले मोनामार्फत प्रवासमा रहेका म्याग्देलीको सहयोग सहित आफ्नो जन्मभूमिमा आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा सहयोग गर्ने रहेको बताउँदै मोना मार्फत सुरु भएको अक्षय कोषको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सोही अवसरमा मोना स्पेनकी सदस्य सिता क्षत्री लगाएतको उपस्थिति रहेको थियो । मोना स्पेनका पूर्व अध्यक्ष एवम् अक्षय कोषका लागि आर्थिक संकलन समितिका संयोजनक शान्तबहादुर क्षेत्रीले गरेका थिए । पूर्व अध्यक्ष क्षेत्रीले यसअगाडी समेत भकिम्लीमा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई समेत ठुलो रकम संकलन गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रम अध्यक्षता मोना स्पेनका सल्लाहकार केसीले गरेको कार्यालय प्रमुख रञ्जना श्रेष्ठले बताईन् । असाहय तथा हिंसामा परेका महिला, बालबालिको संरक्षणका साथै महिला सशक्तीकरण, लैङ्गिक तथा बाल अधिकार प्रर्वधनलाई लक्षित गरी कोषको स्थापना गरिएको थियो । कोषमा करिव १ करोडको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको अवस्थामा आइसीको खातामा जम्मा भइरहेको मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाले बताए । कोषको कार्यविधि बनाएर लक्षिय क्षेत्रमा खर्च गरिने मोनाले जनाएको छ ।

हिंसामा परेकालाई समाजमा पुर्नस्थापना सहित महिलाको क्षमता विकास, बालबालिकालाई आवश्यकता अनुसार सहयोगमा कोषलाई परिचालन गरिने मोनाले जनाएको छ । कोषले सुचना केन्द्रको स्थापना, अतिविपन्नलाई शैक्षिक तथा उपचारमा सहयोग, अभिभावक विहिन किशोरीलाई आत्मनिर्भर बनाउने सीप हस्तान्तरण सहित जिल्लामा रहेका बालबालिका सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय तथा वडास्तरमा क्लवको गठन लगाएत दर्जनौ योजनाहरु बनाउन कार्यदल समेत बनाएको छ । कार्यदलले संस्थागत संरक्षकलाई १ लाख, ब्यक्तिगत संरक्षक ५० हजार, आजिवन सदस्य १० हजार रुपैयाँ लिने जनाएको छ ।