डोको बुन्दै ठाडाखानीका दृष्टिविहिन खिमप्रसाद, (भिडियो)

पोहो साल खुसी फा्टदा, जतन गरी मनले टाले.गायिका अरुणा लामाको यो गितका बारेमा रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीका खिमप्रसाद छन्त्याललाई जानकारी नभएपनि उनको जीवनमा यो गीत मेल खान्छ । जन्मजात दृष्टिविहिन छन्त्यालले बुबाआमा गुमाए । रोजगारीको खोजीमा भारत पसेका दाजु पनि फर्किएनन् ।

एउटी बहिनी दृष्टिविहिन, दिदीले गाउँमै विवाह गरिन् । जन्मदिने आमाबुबाको मृत्युभएसगै एक्लै घरमा बस्दै आएका उनलाई गाउँमै विवाह गरेकी दिदी र आफन्तले विहान बेलुकीको खानाको जोहो गर्ने गरेपनि उनले घरमा जतन गरेर राख्ने केही छैन् । घरको खुसी आमाबुबाको मृत्यु् भएपनि मनलाई सम्हाल्दै दृष्टिले देख्ने दृश्यमात्रै होईन् जीवन नै अन्धकार भएपनि सधै मागेर गुजारा चलाउनुपर्ने अवस्थालाई अन्त्य गर्न आफ्नै हातको सीपलाई खर्चिएर डोको बुनेर गुजारा चलाउँदै आएका छन् ।

हातको साहराले डोको बुन्ने गरेका छन् ।आफन्तको सहयोगमा आवश्यक साम्रागी जुटाएपछि छन्त्यालले बुनेको डोकोालाई स्थानीयले समेत खदिर गर्ने गरेका छन् । विहान उठ्ने वित्तिकै बेलुकी सुत्ने बेलासम्म सहाराको आवश्यकता भएपनि अभाव, दुख, पीडा, रोग, भोक र शोकले दुईदशकसम्म विक्षिप्त छन्त्यालले डोकोे बन्दै गुजारा चलाउने गरेका छन् । ’आँखा देख्दैन्,हातले सकेसम्म काम गरेर पेट पाल्ने गरेको छु‘ छन्त्यालको भनाई उद्धित गदैं वडा सदस्य टेकजित छन्त्यालले बेनीअनलाइनलाई भने ।

दुईहातले सकेसम्म डोको बुन्छु,‘धेरै पीडा हुदाँ समेत आँसु आउँदैन्, भएको आँसु बगेर सकिएको छन्त्यालको भनाई छ । डोको सहित आवश्यक साम्रागी बनाउन बाँसको चोया काट्ने क्रममा धेरैपटक हसिँयाले हातमा समेत चोट लागेपनि निरन्तर प्रयास गरिरहेको बताए । घरमा लत्ताकपडा सहित खाना, औषधी उपचारका लागि सहयोगको आवश्यकता रहेको ठाडाखानीबाट फर्किएका चिया खेतीका अभियान्ता नगेन्द्र सुबेदीको भनाई छ ।