यी हुन् म्याग्दीमा प्राथमिकत तहमा स्थायी भएका शिक्षक (नामसहित)

शिक्षा सेवा आयोगले म्याग्दीका अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले नतिजा सार्वजनिक गरेसंगै स्थायीको भएका शिक्षकका आफन्त र विद्यालयमा खुसीयाली छाएको छ । म्याग्दी जिल्लामा लामो समयसम्म अस्थायी शिक्षकको रुपमा कार्यरत भएपनि आधारभुत तहका प्रधानध्यापकको नेतृत्व गरेर विद्यालयलाई नमुना बनाएका मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँका जनआवाज आधारभुत विद्यालयका सुन बहादुर विश्वकर्माले अन्तिम नतिजाले विद्यालयलाई थप गति दिन सहजहुने बताए ।

उनले विद्यालयको जिम्मेबारीसंगै केही तयारीबाटै अपेक्षा गरे अनुसारकै नतिजाले अव विद्यालयकै गतिविधिका ध्यान केन्द्रित गर्न सहज भएको बताए ।  जिल्लाका सबै स्थानीय तहमा अस्थायी शिक्षकको रुपमा कार्यरत शिक्षकले विदा लिएर समेत परिक्षाको तयारी गरेको अवस्थामा सफलता मिलेपछि सामाजिक सञ्जालमा उत्साहित हुदै एकल तथा सामुहिक खुसीयाली साटासाट गरेका थिए। बेनी नगरपालिका वडा नं ३ भकिम्लीका डेक बहादुर घर्ती र मंगला गाउँपालिका वडा नं १ कुहुँकी खबिसरा शेरपुञ्जाले स्थायी शिक्षकका लागी गरेको मेहनत सफल भएको प्रतिक्रिया दिए ।

जिल्लामा स्थायी भएका सबै विद्यालयमा सम्मान तथा बधाई कार्यक्रम गरिएको छ । यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो ।

परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो । यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्