मर्दैछु भन्ने स्टाटस फेसबुकमा लेखेर सधैको लागि अस्ताए एक युवक

फेसबुक मार्फत आफ्नो मृत्यु बारे स्टाटस लेखेका झापा बिर्तामोडका एक युवक आफ्नो घर नजिकै मृत अवस्थामा फेला परेका छन् । झापा बिर्तामोड ९ का युुशन श्रेष्ठ आइतबार राती ९ बजे घर छोडेर हिडेकोपछि खोजी गर्र्ने क्रममा गाउँलेले सोमबार उनको घर नजिकै मृत फेला पारेका थिए ।

युशनको शव पोष्टम्याटम गर्नको लागि मेची अञ्चल अस्पताल पठाइएको र के कारण मृत्यु भएको हो भन्ने कुरा जानकारी नभएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर श्रीप्रसाद राईले बताएका छन् । उनको मृत्युलाई धेरैले आत्माहत्या भएको अनुमान गरेका छन् । युशनले मार्च १५ तारिखको दिन बेलुका ७ : ५४ मा फेसबुकमार्फत ‘म छिट्टै मर्दै छु मेरो फोटो राखेर श्रद्धाञ्जली दिन तयार हुनुहोस्’ भनेर लेखेका थिए ।

यसरी स्टाटस लेखेर सामाजिक सञ्जालमा छोडेको दुई दिनपछि उनको शव आफ्नो घर नजिकै भेटिएको थियो । बिर्तामोडको मनकामनामा अध्यनरत युशन राती अबेरसम्म फोनमा कुरा गर्ने, घर छोडेर हिड्ने र आफु खुसी गनेए गरेको थाहा पाएपछि उनका बाबूले सम्झाउने गाली गरेर सम्झाएको प्रहरीले बताएको छ ।