फापरखेतमा फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल प्रतियोगिता

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा यही चैत ६ गते फागुपूर्णिमाको दिनदेखि फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल प्रतियोगिता आयोजना गरिएको छ । फापरखेते युबाहरुको पहलमा २०५६ सालमा स्थापना भएको प्रतिभा युवा क्लवले मेलाको आयोजना गरेको हो ।मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष यामवहादुर कार्कीले जानकारी दिनुभयो ।

सोही अवसरमा क्लवको नवनिर्मित भवनको उद्घाटन समेत गरिने कार्कीले बताउनुभयो ।कार्यक्रममा भलिबलसंगै छेलो फाल्ने प्रतियोगिता, लठ्ठो तान्ने लगाएतका खेलकुद र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिएको जनाइएको छ । । कार्यक्रममा कलाकारहरु प्रत्यक दिन साँझमा साँगेतिक प्रस्तुती रहने छ । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने जनाइएको छ।