अमेरिकामा मन्त्री थममायाँ थापालाई स्वागत

अमेरिकाको भ्रमणमा रहनु भएकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई बाल्टिमोरवासीले सम्मान स्वरुप एक मिनेट सम्म निरन्तर उठेर ताली द्वारा स्वागत गरेका छन् । साथै माननीय मन्त्रि थापालाई विभिन्न संघ/संस्थाका प्रतिनिधि,सामाजिक अभियन्ता ,विभिन्न पेशामा संलग्न व्यक्तित्वहरुले खादा लगाई सम्मान गर्नुको साथै सल्लाह र सुझाव दिएका छन् ।

मन्त्रि थापा राष्ट्रपति महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ सम्मेलनमा न्यूयोर्क आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी संग सहभागी हुन् आएको अवसरमा म्याग्दी समाज युएसए तथा मगर समाज बृहत वाशिंगटन डिसी को सयुक्त आयोजनामा उक्त स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल सरकारका महिला तथा ज संख्या मन्त्रालयकि सह सचिव रुद्रा शर्मा ,नेपाल प्रेस चौतारीका सभापति गणेश बस्नेत लगायत महा बाणिज्य दूत प्रेम राजा महतको उपस्थिति रहेको थियो । मन्त्रि थापा म्याग्दी बाट प्रतिनिधित्व गर्दै वर्तमान सरकारको उच्च पदमा पुग्नु भएकोले मन्त्रि थापालाई उपस्थित सहभागीहरुले उठेर ताली बजाएर स्वागत गरेका थिए ।

मन्तब्य दिनेहरुमा महा बाणिज्य दूत प्रेम राजा महत , नेपाल प्रेस चौतारीका सभापति गणेश बस्नेत ,महिला तथा बालबालिका मन्त्रालय सह सचिव रुद्रा शर्मा, म्याग्दी समाज युएसएका अध्यक्ष इन्द्र बहादुर थापा , मगर समाज बृहत वाशिंगटन डिसी का अध्यक्ष ललित  तिल्गा मगर, म्याग्दी समाजका पारस मणि श्रेष्ठ,एनआरएन अमेरिकाकि पूर्व उपाध्यक्ष रबिना थापा ,बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्त,एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष दुर्गा श्रेष्ठ,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा ,म्याग्दी समाजका पूर्व अध्यक्ष अम्मर छन्त्याल लगायतले मनतब्य राखेका थिए ।

मन्त्री थापाले छोटो समयमा भेटघाट तथा आफूलाई केही कुरा राख्न समय मिलाउनु हुने आयोजक प्रति आभार प्रकट गरिन । जनताले यो सरकार स्थिर छ र यसले काम गर्छ भनें विश्वास गरि रहेको अवस्थामा जनताको भावना तथा चाहना अनुसार यो सरकार अत्यन्तै गम्भीर छ र त्यसै अनुसार काम गरि रहेको बताइन ।

सरकार देश बिकासमा संबेदनशील रुपमा लागि रहेको बताइन । लामो सम्म देश राजनैतिक अस्थिरमा गुज्रिएको बताउदै अहिले सरकार स्थिर छ र काम गर्न कटिबद्ध रहेको स्मरण गराइन । आगामी दिनमा कसरी काम गर्छ भन्ने जन चासो रहकोले यहाहरुको पनि त्यही चाहना रहेको आफूले महसुस गरेको बताइन । सरकार ईमान्दारीपूर्वक लागि रहेको ,सरकार एक बर्ष पुगेको बताउदै सरकारले घोषणा अनुसार काम गरि रहेको बताइन । विजय थापा