मोना जापानले उत्पादनमुखी क्षेत्रमा लगानीको वातावरण बनाउने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले उत्पादनमुखी क्षेत्रमा लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाएको छ । रोजगार, ब्यापार तथा शिक्षाको सिलसिलामा जापानमा रहेका म्याग्देलीलाई आफ्नै जन्मभुमिमा लगानीको वातावरण बनाउने कार्यमा निरन्तर सहयोग गर्ने बताएको हो ।

आइतबार मोना आईसीका संस्थापक महासचिव एवम् मोना बेल्जियमका संस्थापक अध्यक्ष, एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवाल र एनआरएनए आइसीसीका महासचिव डा. बद्री केसीको स्वागतमा आयोजित कार्यक्रममा सामाजिक तथा मानवीय सेवासंगै जापानमा रहेका म्याग्देलीको लगानीको सुरक्षा हुने क्षेत्रमा लगानीका लागी आवश्यक वातावरण बनाउने मोना जापानका अध्यक्ष दिपक केसीले बताए । उनले निश्चित समयसम्मका लागि जापानमा बस्ने म्याग्देलीले भविस्यमा आफ्नो र सन्ततीको लागी समेत लगानी गरिएका क्षेत्रहरु राम्रो भएमा जन्मभूमीमै समेत धेरै गर्न सक्ने भएकाले पनि लगानी गर्नुपर्ने बताएका थिए ।

सोही अवसरमा एनआरएनएका यूरोप संयोजक बरुवालले विश्वभर रहेका म्याग्देलीको सहकार्यबाट जिल्लामा कृषि, पर्यटन, जलविद्युत लगाएत्का क्षेत्रमा लगानी गर्न सकिने बताए । सोही अवसरमा एनआरएनए आइसीसीका महासचिव केसीले रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा गैरआवासीय नेपालीहरुको रु ३ अर्ब ५७ करोडको लगानीमा २१ मेघावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनामा लगानी गर्न अनुरोध गरेका थिए । प्रतिमेगावाट रु १७ करोडको लागतमा निर्माण हुने सो आयोजनामा सम्पूर्ण लगानी गैरआवासीय नेपालीहरुको नै रहने जनाइएको छ ।

स्वागत तथा भेटघाटन कार्यक्रममा मोना आइसीका महिला उपसंयोजक विष्णु बानियाँ, एसिया प्यासिफिक संयोजक ददिवल खड्का, मोना जापानका कार्यसमिति सदस्य सहितको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मोना जापानका महासचिव गणेश श्रेष्ठले गरेका थिए । जापानमा मोना सहित क्षेत्रीय समिति समेत रहेकाले मोनाको सक्रियतामा भएका कार्यक्रमबाट लगानीयोग्य क्षेत्रमा सानोठुलो लगानीका लागि कुनै समस्या नभएको बताइएको छ ।