गोताखोर फर्किएपछि स्थानीय यूवाले शव भेटाए

गत बुधबार पैडी खेल्ने क्रममा म्याग्दी खोलामा डुवेर बेपत्ता भएका यूवाको खोजीकार्यमा मृतकका आफन्त सहित स्थानीय प्रहरीको प्रयास सफल भएन् । दुईदिनसम्मको प्रयास सफल नभएपछि पानीमा बेपत्ता भएका व्यक्तिको उद्धार तथा खोजी गर्न अत्याधुनिक उपकरण सहित शसस्त्र प्रहरीको गोताखोर परिचालन गरियो ।

बेनी नगरपालिका–७ मंगलाघाटमा तटबन्धन गर्ने क्रममा ताल बनेको स्थानमा पौडी खेल्दै गरेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे काफलडाँडाका १४ बर्षिय हेमचन्द्र गर्बुजाको खोजीकार्यमा शसस्त्र प्रहरीको विपद् ब्यवस्थापन टोलीसंग उपलब्ध उपकरणले समेत बेपत्ता भएका यूवाको खोजीकार्य सफल भएन् । शसस्त्र प्रहरीको पटकपटकको प्रयास समेत असफल भएपछि टोली रित्तै फर्कियो ।नेपालमा खोलामा बेपत्ता भएकाको खोजीकार्यमा सशस्त्र प्रहरीसँग मात्र गोताखोर तालिम लिएका जनशक्ति छन् ।

नदी तथा तालको पानीको बाहवअनुसार गहिराइसम्म पुग्न सक्ने शसस्त्रको टोलीबाटै शव भेटिनेमा आशाबादी रहेका गर्बुजाका आफन्त समेत निराश भए । बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत गर्बुजा साथीहरुसंगै पौडी खेल्ने क्रममा बेपत्ता भएको स्थानमै केन्द्रित भएर तिनदिनसम्म खोजीकार्य गर्दा समेत पत्ता नलागेपछि आश मारेर घर फर्किने योजना बनाएरका आफन्तलाई स्थानीय बृद्ध यूवा क्लवका यूवाहरुको प्रयासमा घटनास्थल आसपासमा डोजर सहित क्लवका यूवाहरुले विना उपकरण खोजीकार्यमा जुटेको केहीघण्टामा खोलामा हराएका गर्बुजालाई भेटाए ।

आफ्नै क्षेत्रमा पौडी खेल्ने क्रममा मृत्यु भएका यूवाका आफन्तलाई शव बुझाउने गरी क्लवले चन्दा समेत संकलन गरी आफ्नै खर्चमा डोजरको प्रयोग गरेपछि अहिले क्लवको प्रशंसा भइरहेको छ । अक्सिजनसहित क्यामेरा जडित उपकरण सहित आएका शसस्त्र प्रहरीको खोजी गर्ने शैलीलाई नजिकबाट हेरेका यूवाहरुले टोलीको खोजीकार्यबाट भने सन्तुष्ट थिएनन्् । ‘हामीले उहाँहरुलाई देखाएको स्थानमा खोजी गर्न आनाकानी गर्नुभयो,’सामान्य योजना बनाएर खोजीकार्यमा जुट्यौ’ क्लवका अध्यक्ष विजय किसानले भने ।

उनले एउटा छोरा गुमाएको परिवारलाई मृत शरीर भएपनि बुझाउनुपर्ने जिम्मेबारी भएकाले पौडीमा अभ्यासरत क्लवका अस्लिम खान, सेते बिक र रेशम जुग्जालीको प्रयासमा डुवेको स्थानबाट करिव १० मिटर तल शव फेला पारेको बताए । तीनजना यूवाले पालैपालो खोलामा डुबुल्की खेल्दै गर्दा खोला आसपासका क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका थिए ।

‘नर्मल उपकरण समेत प्रयोग गरिएन्,‘हाम्रो लागी शव निकाल्नु एउटा यूद्धमा होमिएको सिपाहीले विजय प्राप्त गर्नु जस्तै थियो’ किसानले भने । यूवाहरुले हातखुट्टा समातेर शब बाहिर निकाल्दा आफन्तको आँखामा आसुँ भएपनि जोखिम मोलेर गरेको प्रयासलाई सम्मान गरेका थिए । ‘समाजमा यूवाले कुनैपनि बेला आफ्नो जिम्मेबारी पुरा गर्नुपर्छ,‘ज्यानको जोखिम मोलेरै शव निकाल्न सफल भएका छौ’ क्लवका सल्लाहकार सचिन शाक्यले भने ।

बेनीमा खेलकुद गतिविधिलाई केन्द्रित गरेर स्थापना भएको क्लवले खेलकुदसंगै सामाजिक कार्यलाई समेत निरन्तरता दिएको बताए । शव निकाल्न क्लवले गरेको प्रयासलाई मृतकका आफन्तले धन्यवाद दिदैं सम्मान समेत गरेका थिए । क्लवले मृतक गर्बुजाको शव खोजी तथा परिवारलाई राहत दिन क्लवले २५ हजार संकलन गरेकोमा ५ हजार डोजरको खर्च कटाएर बाँकी परिवारलाई हस्तान्तरण गरेका थिए ।

मृतकका आफन्तले क्लवको मेहनत र प्रयासलाई सम्मान गदैं उल्टै नगद सहित सम्मान गरेका थिए । यता मृतकका परिवारले चारदिनदेखि बेपत्ता भएका गर्बुजाको खोजीा सक्रिय प्रहरी सहित सरकारी निकाय र स्थानीयलाई धन्यवाद दिएका छन् । गर्बुजासंगै खोलामा पसेका धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङ मलम्पारका निरप्रसाद छन्त्याललाई उद्धार गरिएको थियो ।