बेपत्ता युवा कालिगण्डकीमा मृत भेटिए

परिवारबाट सम्पर्कविहिन भएका एक यूवाको शव कालिगण्डकी नदीमा भेटिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं २ बौर बस्ने २६ बर्षिय इश्वर विकको शव कुस्मा नगरपालिका वडा नं १ गारपारस्थित कालिगण्डकी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक नवराज केसीले बेनीअनलाइनलाई बताए ।

गत फागुन १९ गते परिवारबाट सम्पर्कविहिन भएका परियारको शव चैत्र २ गते शनिबार बेवारिसे अवस्थामा नदीमा भेटिएको हो । मृतकको पहिचान गर्ने क्रममा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं १ बेगखोला स्थायी घरभई बौर बस्दै आएको खुलेको हो । मृतकको शव चिन्न नसकिने अवस्थामा रहेको थियो । मृतकको पोष्टमार्टम पछि थप परिवारलाई बुझाइएको छ । परियारले आत्महत्या गरे वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।