बरंजाका विद्यार्थीलाई छात्रबृत्ति र शैक्षिक साम्रागी सहयोग (फोटो फिचर)

लायन्स क्लव बेनी पिस सिटीले मंगला गाउँपालिका बरंजाका सामुदायिक विद्यालयमा अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेको छ । शनिबार बरंजाको महेन्द्ररत्न माविमा आयोजित कार्यक्रममा क्लवको ’एक सदस्य एक विद्यार्थी’ शैक्षिक साम्रागी अभिभावकत्व कार्यक्रम अन्तरगत जनप्रिय आधारभुत विद्यालयका सिर्जाना थापा,शान्ति विक,रेशम सापकोटा,गमिसा केसी, पार्वती सापकोटा र महेन्द्ररत्न माविका प्रिजेन्ट रोकालाई एकबर्षको लागि कपि, कलम, २ सेट पोशाक, स्कु्ल झोला सहित स्टेशनरी साम्रागी वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष एवम् एमजेएफ लायन राजेश शाक्य, अध्यक्ष लोकेश पुनमगर, मंगला गापा वडा नं ४ का वडा अध्यक्ष एवम् महेन्द्ररत्न माविका विब्यस अध्यक्ष ओमबहादुर रोका, विद्यालयका प्रधानध्यापक कृष्णलाल सापकोटा लगाएतले वितरण गरेका थिए ।

विद्यालयले छनौट गरेका विद्यार्थीहरुलाई संस्थापक अध्यक्ष शाक्य, लायन लक्ष्मण शर्मा, दुर्गा बुढा, क्लवका सचिव भोजबहादुर रिजाल, तृतिय उपाध्यक्ष नरेश श्रेष्ठ,लायन निराजन श्रेष्ठले अभिभावकत्व ग्रहण गरेका थिए ।सोही अवसरमा महेन्द्र माविका पूर्व विद्यार्थीको सक्रियतामा स्थापना गरिएको बरंजा छात्रबृत्ति कोषसंग क्लवले सहकार्य गरी विद्यालयमा जडान गरेको विद्युतीय पुस्तकालयको हस्तान्तरण समेत गरिएको थियो ।

त्यस्तै छात्रबृत्ति कोष र पिस सिटीको सहकार्यमा दिलमायाँ थापालाई १० हजार, टेकबहादुर विक ५ हजार, अनिता शेरबुञ्जा ५ हजार, नरदेवि विश्वकर्मा ५ हजार,तितप्रसाद विश्वकर्मा ५ हजार, तुलदेवी जैसी ५ हजार र रेशम कार्की ५ हजार नगद हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्नै प्रमुख अतिथि पिस सिटीका संस्थापक अध्यक्ष शाक्यले क्लव मार्फत सामाजिक, मानवीय तथा बहुमुल्य जडिबुटीको खेतीमा समुदायलाई सहयोग गर्ने बताए ।

उनले आन्तरिक पर्यटन प्रर्वधनको अभियानमा समेत क्लवले भूमिका खेल्ने बताउँदै झाँक्रीपानीको पर्यटनको विकासमा आवश्यकता अनुसारका सहयोगमा प्रतिबद्धता जनाएका थिए । त्यस्तै विशिष्ट अतिथि एवम् वडा नं ४ का अध्यक्ष रोकाले क्लव र छात्रबृत्ति कोषबाट बरंजाका सामुदायिक विद्यालयको शैक्षिक तथा सरसफाई सहितका अभियानमा ठूलो सहयोग रहेको बताए ।

सोही अवसरमा क्लवका अध्यक्ष एवम् छात्रबृत्ति कोषका संरक्षक लोकबहादुर पुनले विपन्नताका कारण विद्यार्थीको शिक्षादिक्षामा परेको समस्यालाई मध्यनजर गरी आर्थिक तथा शैक्षिक साम्रागी सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा ध्वजाको अभिवादन तृतिय उपाध्यक्ष नरेश श्रेष्ठ, स्वागत द्धितिय उपाध्यक्ष सुवर्ण रिजालले गरेका थिए । सोही अवसरमा विद्यालयका प्रधानध्यापक कृष्णलाल सापकोटाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५५५ सहयोग गदैं आजिवन सदस्यता लिएका थिए ।