बेनीमा अनुगमन, म्याद गुज्रिएका सामान जफत, दर्ता नभएका पसललाई समयसिमा तोकियो

म्याग्दीको सदरमुकाम बेनीबजारमा शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, राष्ट्रिय अनुसन्धन विभागको संयुक्त टोलीले म्याग्दीको सदरमुकाम बजार अनुगमन गरेको हो ।

बेनी बजारमा संचालित २८ डेरी र किराना पसलमा अनुगमन गरिएको प्रजिअ अधिकारीले बताए । बजारलाई व्यवस्थित एवम् उपभोत्ताहरुको हितलाई मध्यनजर गरी अनुगमनलाई निरन्तरता दिने बताए । उनका अनुसार बजार अनुगमनसंगै देखिएका समस्यालाई सुधारको मौका दिइएको बताउँदै सुझावलाई कार्यान्वयन नगरे अर्को अनुगमनमा कारवाही गरिने बताए । उनका अनुसार अनुगमनका किराना पसलहरुमा म्याद नाघेको सामाग्रि ,मुल्य सुचि नराखिएको र दर्ता नगरी पसल संचालन गरेको भेटिएकाले जफत गरिएको बताए । यसैबीच दर्ता नभएका पसलहहरुलाई दर्ताका लागि सात दिनको समय सिमा तोकिएको अनुगमन टोलीले जनाएको छ।