भुकम्पले क्षती पुगेपछि गुनासो दर्ता गर्नुभएको छ ? तपाईको घरमा पुनः जाँच सर्वेक्षण टोली आउँदै छ

लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराए म्याग्दीका भुकम्प पीडितको घरदैलोमा पुर्न्निर्माण प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका इञ्जिनियरमार्फत् स्थलगत लगत संकलन गरिन भएको छ । पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईले जिल्लाभित्र गुनासो दर्ता गराएकाको घरदैलोमै पुग्ने गरी आगामी चैत्र १५ देखि पुनः जाँच सर्वेक्षण टोली खटिने भएका हुन् ।

आयोजनाका जिल्ला इकाई प्रमुख शिवराम गेलालले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि लाभग्राहीको सूचीमा उल्लेख नभएका पीडितले गुनासो दर्ता गराएका सबै घरधुरीमै पुगिने बताए । उनले हरेक स्थानीय तहमार्फत घरदैलोमा पुगेर टोलीले संकलन गरेको विवरण अनुसार प्राधिकरणले लाभग्राहीको रुपमा सूची सार्वजनिक गर्ने बताए ।

‘यसपटक जिल्लाभित्रका गुनासो समाधान हुनेछन्,‘खटिएका टोलीलाई वास्तविक विवरण दिन अनुरोध गर्दछौ’ उनले भने । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुने उनले बताए ।

छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गर्न लागिएको हो । प्राधिकरणले म्याग्दीका स्थानीय तहमा परिचालन तोकिएका इञ्जिनियरमार्फत् तोकिएको समयमा आआफ्नो लगत संकलन गराउन सबै गुनासोकर्ताहरुलाई अनुरोध गरेको समेत गरिएको छ ।

२०७६ बैशाख मसान्त सम्ममा सर्वेक्षण सक्ने कार्यक्रम रहेको छ । म्याग्दीमा ७८४ जनालाई भूकम्प पीडित रहेकोमा ५० हजार रुपैयाँका दरले प्रथम किस्ता अनुदान उपलब्ध गराएकोमा हालसम्म दोस्रो किस्ता लैजाने ३६१ र निजी आवास पुननिर्माण सकेर तेस्रो किस्ता लिने पीडितको संख्या २१४ जना रहेका छन् । ३६१ जनाले दोस्रो किस्ता लिएपनि आधाभन्दा बढी पीडित पहिलो किस्ता लगेपछि सम्र्पकमै आएका छैनन्। २०७३ पुसमा इन्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएपनि ८६८ जना लाभग्राही पहिचान भएका थिए । जिल्लामा राजनीतिक पहुँचका आधारमा पीडितको सूचीमा परेपनि वास्तविक पिडितले राहत नपाएको गुनासो समेत बेलाबेलामा आउने गरेको छ ।