जन्मदिनको अवसरमा शान्ति कोषलाई सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ ।धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनमा म्याग्दीका विपन्नको उपचारमा सक्रिय परोकपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसीले शनिबार परेको जन्मदिनको अवसरमा परोपकारी संस्था कोषमा ५ हजार ५५५ सहयोग गदैं आजिवन सदस्यता लिएका छन् ।

शुक्रबार कोाषमा आयोजित कार्यक्रममा केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त सहयोग हस्तान्तरण गदैं म्याग्दीको पवित्र संस्थाको आजिवन सदस्यता लिने अवसर पाएकोमा धन्यवाद ज्ञापन परेका थिए । उनले कोष मार्फत जिल्लाका विपन्न परिवारको सहयोगर्दा उपचारमा गरिने सहयोगले मानवीय सहकार्यलाई थप बलियो बनाउने बताए । सोही अवसरमा कोषका अध्यक्ष शाक्यले १ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसको ब्याजबाट बर्षेनी सहयोग गर्ने बताए । उनले अक्षय कोष स्थापनाका लागि विगतमा समेत निरन्तर सहयोग मिलेको बताए । जन्मदिन तथा विभिन्न कार्यक्रममा समेत खर्च कटाएर सहयोग प्राप्त भएको बताए ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ ।