म्याग्दीको पुरानो रुप्से दैनिक पत्रिकाको आयोजनामा प्रत्यक महिनाको पहिलो शुक्रबार हुने साहित्यिक छलफलको चैत्र १ गते शुक्रबार शुभारम्भ गरीएको छ । रुप्से दैनिकको आयोजनामा म्याग्दी जिल्ला भित्रका साहित्यकारहरु बीच आपसी छलफल तथा बहस गर्ने उद्देश्यले साहित्यक छलफल आयोजना गरिएको थियो ।

रुप्से दैनिकको आयोजनामा भएको साहित्यक छलफललाई कार्यकारी सम्पादक अमृत बास्कुनेले संयोजन गरेका थिए ।छलफल कार्यक्रम प्रत्येक महिनाको पहिलो शुक्रबार गर्ने र उक्त समयमा स्थानियता, संस्कृति, संस्कार जस्ता विषयवस्तुमा छलफल गर्नुका साथै अग्रजहरुलाई पनि छलफलमा सहभगि गराउँदै निरन्तरता दिने कुरामा छलफल भएको साहित्यकार रामप्रसाद सुवेदीले बताए ।

कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकारहरु ध्रुवलाल शर्मा, भक्त कार्की, अजयमिलन श्रेष्ठ, रेखाकौशल रेग्मी, गणनाथ पौडेल, राजु केसी लगायतको उपस्थिति रहेको थियो । आफ्नो अनि आफ्ना अग्रजको पहिचान र क्षमतालाई खेलाइमा उतार्नका लागि साहित्यिक छलफल कोशेढुङ्गा हुने रेखा कौशल रेग्मीले बताइन् ।